नेपाली समय: ०३:२२:२९ अपरान्ह
वि.सं २०७६ फाल्गुण १४   बुधवार

साढे दुई किलो सुनसहित रसुवामा ६ जना पक्राउ

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ माघ १३)
News Title
रसुवा । रसुवाको टिमुरेमा प्रहरीले साढे दुई किलो सुनसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । 

रसुवाको रसुवागढी नाकाबाट काठमडाैं जाँदै गरेको ना१झ ३५४२ नम्बरको गाडीसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । 

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार विशेष सुराकीको आधारमा उनीहरुलाई सुनसहित पक्राउ गरिएको हो । 

झण्डै १ करोड ६० लाख बराबरको भन्सार छलि गरेर ल्याउन लागिएको अवैध सुनसहित गाडी चालक दोलखाका तुलानारायण श्रेष्ठसहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ का ३४ वर्षीय नवाङ नुर्पु तामाङ, २४ वर्षीय ग्याल्जेन शेर्पा, २३ वर्षीय सुप्पा लामा, ३५ वर्षीय सुवास तामाङ, १९ वर्षीय साङा शेर्पा रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको रसुवा प्रहरीले जनाएको छ । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 100%
  • आक्रोशित

ताजा समाचार

इन्डोनेसियामा बाढी, पहिरोबाट १० हजार विस्थापित

जकार्ता । पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढी, पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन संस्थाका प्रवक्ता आगस विबाओका अनुसार...

कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु

ओमाहा । कोरोना जीवाणु (भाइरस) उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४०० बिरामीलाई परीक्षणका...

वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट  पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास...

१२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेर फरार अभियुक्त पक्राउ

बाँके । बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेका बाँके कोहलपुर नगरपालिका वडा न.१२ का भोज बहादुर थापा फरार अभियुक्त पक्राउ भएका छन् ।  घर नजिकै रहेको...

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका लागि व्यवसायी चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । ढकालले आज पत्रकार सम्मेलन गरी महासंघको...