नेपाली समय: ०२:४४:१७ अपरान्ह
वि.सं २०७६ फाल्गुण १४   बुधवार

साढे दुई किलो चरेससहित तीन पक्राउ

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ माघ १४)
News Title

तुलासीपुर । दाङमा साढे दुई किलो चरेससहित तीन जना पक्राउ परेका छन् ।

प्राप्त सूचनाका आधारमा उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

पक्राउ पर्नेमा रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका २१ वर्षीय अनिल पुनमगर, रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ का २८ वर्षीय भीमबहादुर सार्की र मुसिकोट नगरपालिका–६ का ४० वर्षीय बहादुर बोहरा रहेका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चितुवाको छालासहित दुई पक्राउ चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । जिप्रका दाङका अनुसार टाउकोदेखि पुच्छरसम्मको चितुवाको छालासहित दङ्गीशरण गाउँपालिका–१ का २४ वर्षीय चेतबहादुर पुन र सोही ठाउँका २४ वर्षीय सौगात घर्तीलाई पक्राउ गरिएको हो ।

चितुवाको छाला बोकी हिँडिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार साँझ घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । उनीहरुले बोकेको झोला खानतलासी गर्दा चितुवाको छाला बरामद गरिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 12.5%
  • खुसी

  • 0%
  • अचम्मित

  • 37.5%
  • दुःखी

  • 50%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट  पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास...

१२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेर फरार अभियुक्त पक्राउ

बाँके । बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेका बाँके कोहलपुर नगरपालिका वडा न.१२ का भोज बहादुर थापा फरार अभियुक्त पक्राउ भएका छन् ।  घर नजिकै रहेको...

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका लागि व्यवसायी चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । ढकालले आज पत्रकार सम्मेलन गरी महासंघको...

दिल्ली हिंसामा ज्यान गुमाउनेको संख्या १८ पुग्यो, परिस्थिति अझै नाजूक

एजेन्सी । दिल्लीको उत्तरपूर्वी इलाकामा भएको हिंसामा मर्नेको संख्या १८ पुगेको छ । नागरिकता संशोधन कानूनको पक्ष र विपक्षमा दिल्लीमा भइरहेका विरोध प्रदर्शन हिंस्रक बनेपछि...

बालुवाटारमा ओली–प्रचण्डबीच छलफल जारी, केहीबेरमा नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) सचिवालय बैठक शरु हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सचिवालयका सबै सदस्यहरु सहभागी छन् । बैठकमा प्रस्तुत हुने...