नेपाली समय: ०३:३१:११ अपरान्ह
वि.सं २०७६ फाल्गुण १४   बुधवार

१० हजार घुससहित आन्तरिक राजस्व कार्यालय भरतपुरका कम्प्युटर अधिकृत अधिकारी पक्राउ

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ माघ १४)
News Title
चितवन । चितवनको भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुससहित पक्राउ परेका छन् ।

विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भनी सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अधिकारी पक्राउ परेका हुन् ।

विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाइदिने भनी सेवाग्राहीसँग घुस/रिसवत मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिइएको टोलीले अधिकारीलाई उनकै कार्यकक्षबाट घुस रकमसहित नियन्त्रणमा लिएको छ । 

अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

गोकुलप्रसाद बाँस्कोटाको अडियो  छानबिन गर्न माग सांसदको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद रेखा कुमारीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकारणमा छानबिन गर्न सरकारसित माग गरिन् ।...

इन्डोनेसियामा बाढी, पहिरोबाट १० हजार विस्थापित

जकार्ता । पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढी, पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन संस्थाका प्रवक्ता आगस विबाओका अनुसार...

कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु

ओमाहा । कोरोना जीवाणु (भाइरस) उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४०० बिरामीलाई परीक्षणका...

वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट  पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास...

१२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेर फरार अभियुक्त पक्राउ

बाँके । बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेका बाँके कोहलपुर नगरपालिका वडा न.१२ का भोज बहादुर थापा फरार अभियुक्त पक्राउ भएका छन् ।  घर नजिकै रहेको...