नेपाली समय: ०४:०१:१७ अपरान्ह
वि.सं २०७६ फाल्गुण १४   बुधवार

निर्वाचन तालिकासहित त्रिविले गर्‍यो स्ववियु निर्वाचन गर्ने प्रस्ताव

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ माघ १४)
News Title
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिकाको प्रस्ताव गरेको छ ।

मंगलबार स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँगको बैठकमा सो प्रस्ताव राखेको हो  ।

मंगलबारको बैठकमा सहभागी अनेरास्ववियू , समाजवादी विद्यार्थी युनियन, अखिल (छैठौं), नेक्राबिसंघ लगायतका संगठनले प्रस्तावित स्वबियु निर्वाचन तालिकाको स्वागत गरेको बैठकमा सहभागी अनेरास्ववियूका नेता विजय गौतमले बताए । 

त्रिविले आफ्ना आंगिक कलेजमा मात्र नभई सम्बन्धन प्राप्त सबै कलेजमा स्ववियु गराउन अग्रसर हुनुपर्ने कुरामा विद्यार्थी संगठनले जोड दिए । बैठकमा नेविसंघले एक दुई दिनमा आफ्नो प्रतिनिधि पठाउने खबर आएको विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका प्रमुख गंगाबहादुर थापाले जानकारी दिएका थिए । 

अदालतको आदेशको आधारमा पनि निर्वाचनको विकल्प नरहेकोले एक दुई दिनमा बाँकी संगठनसँग समेत छलफल गरि निर्वाचन तालिका सार्वजनिक गरिने निमित्त रेक्टर शिवलाल भुषालले बताएको नेता गौतमले जानकारी दिए ।

त्रिविका निमित्त रेक्टर शिवलाल भुषालको अध्यक्षतामा बसेको बैठकमा नेविसंघ र विप्लवनिकट क्रान्तिकारीबाहेक सबै संगठनको सहभागिता रहेको थियो । बैठकमा अनेरास्ववियूका संयोजक ऐन महर,सहसंयोजक रञ्जित तामाङ, अखिल छैठौंका अध्यक्ष विमल पोखरेल लगायतको सहभागिता रहेको थियो ।

 प्रस्तावित कार्य तालिकाः

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

गोकुलप्रसाद बाँस्कोटाको अडियो  छानबिन गर्न माग सांसदको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद रेखा कुमारीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकारणमा छानबिन गर्न सरकारसित माग गरिन् ।...

इन्डोनेसियामा बाढी, पहिरोबाट १० हजार विस्थापित

जकार्ता । पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढी, पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन संस्थाका प्रवक्ता आगस विबाओका अनुसार...

कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु

ओमाहा । कोरोना जीवाणु (भाइरस) उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४०० बिरामीलाई परीक्षणका...

वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट  पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास...

१२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेर फरार अभियुक्त पक्राउ

बाँके । बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेका बाँके कोहलपुर नगरपालिका वडा न.१२ का भोज बहादुर थापा फरार अभियुक्त पक्राउ भएका छन् ।  घर नजिकै रहेको...