नेपाली समय: ०२:१३:३३ अपरान्ह
वि.सं २०७६ चैत्र २६   बुधवार

बालुवाटारमा ओली–प्रचण्डबीच छलफल जारी, केहीबेरमा नेकपा सचिवालय बैठक बस्दै

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ फाल्गुण १४)
News Title

काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) सचिवालय बैठक शरु हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सचिवालयका सबै सदस्यहरु सहभागी छन् । बैठकमा प्रस्तुत हुने अजेण्डाको भने तय भइनसकेको जनाइएको छ ।

बैठकले विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे दुई अध्यक्षले धारणा राखेपछि के गर्ने भन्ने निर्णय गर्ने नेताहरुले बताएका छन् । 

यसअघि गत १० फागुन शनिबार बसेको सचिवालय बैठकमा एमसीसीबारे छलफल भए पनि निर्णय भएको थिएन । फागुन ९ मा नेकपाको एमसीसी अध्ययन कार्यदलले १९ दिन लगाएर अध्ययन प्रतिवेदन सुझावसहित अध्यक्षलाई बुझाएको थियो । 

आजको बैठकमा दुई अध्यक्षबीच संविधान संशोधनका लागि नेता माधवकुमार नेपालको नेतृत्वमा बनाइएको कार्यदल, निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडिओ प्रकरणपछि नेकपामाथि भइरहेको आलोचना र त्यसको रक्षाको लागि पार्टीले तय गर्ने रणनितिको बारेमा कुराकानी भएको बताइएको छ।

स्रोतका अनुसार एमसीसीबारे कार्यदलको सुझाव र भावी कदमबारे पनि अध्यक्षद्वयबीच छलफल भइरहेको छ ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 100%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

चीन तातोपानी नाका खोल्न तयार

मेलम्ची । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने...

राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित

न्यूयोर्क । कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका...

नक्कली स्यानिटाइजर बिक्री गर्ने रीना पक्राउ

काठमाडौं । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ...

चीनमा पछिल्लो दिनमा कोरोना संक्रमितको संख्यामा बृद्धि

एजेन्सी । चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ ।  चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार ६२ नयाँ कोरोना संक्रमित फेला...

गण्डकी प्रदेश :७२ वटाको कोरोना परीक्षण नेगेटिभ

पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोराना भाइरसको परीक्षणका लागि १२४ नमूना सङ्कलन भएकामा रिपोर्ट आएका मध्ये ७२ वटा नेगेटिभ देखिएको छ । हाल ५२ को...

-+