नेपाली समय: ०२:२६:३४ अपरान्ह
वि.सं २०७६ चैत्र २६   बुधवार

दिल्ली हिंसामा ज्यान गुमाउनेको संख्या १८ पुग्यो, परिस्थिति अझै नाजूक

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ फाल्गुण १४)
News Title

एजेन्सी । दिल्लीको उत्तरपूर्वी इलाकामा भएको हिंसामा मर्नेको संख्या १८ पुगेको छ ।

नागरिकता संशोधन कानूनको पक्ष र विपक्षमा दिल्लीमा भइरहेका विरोध प्रदर्शन हिंस्रक बनेपछि २०० भन्दा बढी मानिस घाइते भएका छन् ।

गुरु तेग बहादुर अस्पतालका एमडी सुनिल कुमार गौतमले १८ जनाको मृत्युको पुष्टि गरेका छन् ।

स्थितिको जाँचबुझका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल मंगलवार अबेर राति हिंसा प्रभावित क्षेत्रमा पुगेको छन् ।

हिंसा चल्दै गर्दा घाइतेहरूलाई अस्पताल लग्नका लागि एम्बुलेन्समाथि पनि भीडले आक्रमण गर्ने जोखिम रहेको छ । त्यसैले सरकारी तथा निजी अस्पतालका चिकित्सकहरूको एक संस्थाले दिल्ली उच्च अदालतमा निवेदन दिँदै प्रहरी सुरक्षाको माग गरेको छ । राति नै त्यसमा सुनुवाइ गर्दै अदालतले दिल्ली प्रहरीलाई मुस्तफाबादका अस्पतालहरूमा भर्ना भएका सबै घाइतेलाई नजिकैका राम्रा अस्पतालमा लग्न आदेश दियो ।

दिल्ली हिंसाका कारण भारतमा रहेका मुसलमानहरूमा चिन्ता उत्पन्न भइरहेको विपक्षी दल कांग्रेसको भनाइ छ । सरकारले यो कानून फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेको छ ।

उक्त क्षेत्रमा धारा १४४ (दुई वा तीनजनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा हुन नपाउने) प्रावधान लागु गरिएको छ ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 25%
  • खुसी

  • 25%
  • अचम्मित

  • 25%
  • दुःखी

  • 25%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

चीन तातोपानी नाका खोल्न तयार

मेलम्ची । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने...

राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित

न्यूयोर्क । कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका...

नक्कली स्यानिटाइजर बिक्री गर्ने रीना पक्राउ

काठमाडौं । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ...

चीनमा पछिल्लो दिनमा कोरोना संक्रमितको संख्यामा बृद्धि

एजेन्सी । चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ ।  चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार ६२ नयाँ कोरोना संक्रमित फेला...

गण्डकी प्रदेश :७२ वटाको कोरोना परीक्षण नेगेटिभ

पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोराना भाइरसको परीक्षणका लागि १२४ नमूना सङ्कलन भएकामा रिपोर्ट आएका मध्ये ७२ वटा नेगेटिभ देखिएको छ । हाल ५२ को...

-+