नेपाली समय: ०२:३७:३७ अपरान्ह
वि.सं २०७६ चैत्र २६   बुधवार

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ फाल्गुण १४)
News Title

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका लागि व्यवसायी चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् ।

ढकालले आज पत्रकार सम्मेलन गरी महासंघको बरिष्ठ उपाध्यक्षमा उम्मेद्बारी घोषणा गरेका हुन् । 

यसअघि मंसिरमा बागलुङ महोत्सवमा उनले बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने बताइसकेका थिए । महासंघको आन्तरिक राजनीतिक खिचातानी चलिरहँदा आफू पछि नहट्ने संकेत गर्दै उनले उम्मेद्वारी घोषणा गरेका हुन् ।

सरकार र निजी क्षेत्रलाई मिलाएर लाने बताएका ढकालले आफू विजयी भएमा उद्योगी-व्यवसायीको समस्या समाधान गर्ने काममा लागिपर्ने बताए । 

नेपाल-इन्डोनेसिया चेम्बर ओफ कमर्सका अध्यक्ष समेत रहेका ढकाल महत्त्वपूर्ण व्यबसायिक व्यक्ती (Cip) बाट २ पटक सम्मानित भएका छन् । महासंघको ५४ औ वार्षिक साधारण सभा (निर्वाचन) आउँदो २८ र २९ चैतमा हुँदैछ ।

समृद्धिको आधार, राज्य निजी क्षेत्रको साझेदार भन्ने नारासहित ढकाल चुनावी मैदानमा उत्रिँदैछन् । ढकालको उम्मेद्वारी घोषणा कार्यक्रममा उमेशलाल श्रेष्ठ, शशिकान्त अग्रवाल, चन्डिराज ढकाल, प्रबलजङ्ग पाण्डे लगाएत उपस्थित थिए ।

आइएमइ ग्रुपका अध्यक्ष ढकालको चन्द्रागिरी हिल्स, आइएमइ बैंक, हाइड्रोपावर लगायतमा लगानी छ । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

विना आधार, तथ्य र प्रमाण आरोप लगाएको र आफ्नो सस्तो लोकप्रियताका लागि त्यस्तो गैर राजनैतिक कार्य नगर्न अनेरास्ववियू नेता संजेलको आग्रह 

काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) विश्वभर माहारीको रुपमा फैलिएको छ ।  संक्रमणले आक्रान्त भएको बेला सम्पुर्ण फटकशिलावासीलाई  यस महामारीसंग जुध्न थोरै भएपनि राहत होस भन्ने उद्देश्यका...

चीन तातोपानी नाका खोल्न तयार

मेलम्ची । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने...

राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित

न्यूयोर्क । कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका...

नक्कली स्यानिटाइजर बिक्री गर्ने रीना पक्राउ

काठमाडौं । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ...

चीनमा पछिल्लो दिनमा कोरोना संक्रमितको संख्यामा बृद्धि

एजेन्सी । चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ ।  चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार ६२ नयाँ कोरोना संक्रमित फेला...

-+