नेपाली समय: ०२:११:३४ अपरान्ह
वि.सं २०७६ चैत्र २६   बुधवार

वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ फाल्गुण १४)
News Title

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट  पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको सचिवालय बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए । उनले उपाध्यक्ष गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्ने सदस्य पदका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको बताए ।

अर्थमन्त्री डा युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि यही फागुन २१ गते सकिने जनाइएको छ । प्रवक्ता श्रेष्ठले संविधान संशोधनका लागि गृहकार्य गर्न पार्टीले कार्यदल बनाएपनि कार्यदल अहिले नरहेको र क्रियाशील नहुने जानकारी दिए ।

‘‘यसअघि बसेको सचिवालयका बैठकले त्यसप्रकार कार्यदल बनाएर जानु उपयुक्त हुने सन्दर्भमा समझदारी बनेको तर संविधान संशोधन आवश्यकताअनुसार हुँदै जान सक्ने संविधानको मर्म र प्रावधानअनुसार अगाडि बढ्न सकिन्छ”, उनले भने, “तर अहिल्यै नै संशोधन गृहकार्य गर्न उक्त कार्यदल बनाएर अगाडि बढ्नुपर्ने औचित्य आजको बैठकले देखेन । त्यसकारण अब कार्यदल छैन ।” 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 66.67%
  • खुसी

  • 33.33%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

चीन तातोपानी नाका खोल्न तयार

मेलम्ची । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने...

राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित

न्यूयोर्क । कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका...

नक्कली स्यानिटाइजर बिक्री गर्ने रीना पक्राउ

काठमाडौं । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ...

चीनमा पछिल्लो दिनमा कोरोना संक्रमितको संख्यामा बृद्धि

एजेन्सी । चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ ।  चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार ६२ नयाँ कोरोना संक्रमित फेला...

गण्डकी प्रदेश :७२ वटाको कोरोना परीक्षण नेगेटिभ

पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोराना भाइरसको परीक्षणका लागि १२४ नमूना सङ्कलन भएकामा रिपोर्ट आएका मध्ये ७२ वटा नेगेटिभ देखिएको छ । हाल ५२ को...

-+