नेपाली समय: ०२:४४:४३ अपरान्ह
वि.सं २०७६ चैत्र २६   बुधवार

गोकुलप्रसाद बाँस्कोटाको अडियो  छानबिन गर्न माग सांसदको माग

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ फाल्गुण १४)
News Title

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद रेखा कुमारीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकारणमा छानबिन गर्न सरकारसित माग गरिन् ।  

सांसद भवानीप्रसाद खापुङले भ्रष्टाचारमा संलग्न हुनेलाई कडा कारवाही गर्न जोड दिए । सांसद राजेन्द्रप्रसाद गौतम, रामबहादुर विष्ट र विमला नेपालीले नेपालको सिमाना क्षेत्र जोगाउन सरकारको ध्यानाकषर्ण गराए ।  

सांसद महेश्वरजङ्ग गहतराज र मायादेवी न्यौपानेले सरकार र सदनबीच थप सहकार्यको आवश्यकता औँल्याए । सांसद मीनबहादुर विश्वकर्माले दलित समुदायले दलित भएकै कारण राजधानीमा कोठा पाउन समस्या रहेको बताए ।  
    
    सांसद मीना सुब्बाले रु ७० करोड भ्रष्टाचारको चलखेल हुँदा सरकार किन चुप रहेको प्रश्न गरिन्  । सांसद मीना पाण्डेले प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन ढिलाइ भएकोमा  ध्यानाकर्षण गराइन् । सांसद मोहन बानियाँले सरकारले अघि सारेको भ्रष्टाचार अन्त्यको अभियानलाई पूरा गर्ने बताइन् । 

सांसद यज्ञबहादुर बोगटी, यज्ञराज सुनुवार, रङ्गमति शाही, रामबहादुर बुढा क्षेत्री, राजेन्द्रकुमार केसी, रेणुका गुरुङ, लक्ष्मणलाल कर्ण र लक्ष्मी परियारले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

आफ्नो सस्तो लोकप्रियताका लागि त्यस्तो गैर राजनैतिक कार्य नगर्न अनेरास्ववियू नेता संजेलको आग्रह 

काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) विश्वभर माहारीको रुपमा फैलिएको छ ।  संक्रमणले आक्रान्त भएको बेला सम्पुर्ण फटकशिलावासीलाई  यस महामारीसंग जुध्न थोरै भएपनि राहत होस भन्ने उद्देश्यका...

चीन तातोपानी नाका खोल्न तयार

मेलम्ची । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने...

राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित

न्यूयोर्क । कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका...

नक्कली स्यानिटाइजर बिक्री गर्ने रीना पक्राउ

काठमाडौं । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ...

चीनमा पछिल्लो दिनमा कोरोना संक्रमितको संख्यामा बृद्धि

एजेन्सी । चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ ।  चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार ६२ नयाँ कोरोना संक्रमित फेला...

-+