नेपाली समय: ०८:०९:०३ pm
वि.सं २०७७ साउन १९   सोमवार

बालुवाटारमा प्रचण्डले राखे यी प्रस्ताव, अब के होला ?

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आषाढ १९)
News Title

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच लामो छलफल भएको छ ।

पार्टी फुटको संघारमा पुगेको बताइरहेका बेला प्रचण्डले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीसँग बालुवाटारमा चलफल गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुवै अध्यक्षसहित महसचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा उपस्थित रहेको जनाइएको छ । आजको छलफलमा पार्टी एकतालाई थप मजवुद बनाउन आपसी विश्वास र पूर्व सहमतिको पालना गर्नुपर्ने विषयले प्रवेश पाएको स्रोतको दाबी छ ।

प्रच्ण्डले प्रधानमन्त्री ओलीलाई ०७५ जेठ २ र ०७६ मंसिर ४ गते भएका सहमतिलाई मानेर जाने वा नयाँ सहमति गरेर पार्टी एकतालाई थप सुदृढ बनाउन आग्रह गरेको स्रोतको दाबी छ ।

२०७५ जेठ २ गते तत्कालीन एमाले र नेकपा मओवादी केन्द्रबीच ५ बुँदे सहमति भएको थियो। सहमतिको चौथो बुँदामा समानता र समान अवधिका आधारमा आवश्यकता अनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख गरिएको थियो।

स्रोतका अनुसार आजको छलफलमा २०७६ मंसिर ४ मा भएको सहमति कार्यान्वयन वा नयाँ सहमति गरेर अगाडी बढ्न सकिने विषयमा छलफल भएको छ । 

गएको मंसिर ४ गते वसेको नेकपाको सचिवालय बैठकले ओलीले ५ वर्ष सरकार र प्रचण्डले पार्टीको कार्यकारी भूमिकामा रहेर काम गर्ने निर्णय गरेको थियो । तर, ओलीले उक्त सहमति उल्लङ्घन गरेको आरोप लाग्दै आएको छ ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 66.67%
  • खुसी

  • 0%
  • अचम्मित

  • 33.33%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

मेलम्ची खानेपानी आयोजना: भित्रबाट हुनुपर्ने ढोका बाहिरबाट राख्दा दुर्घटना

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित...

आज मन्त्रिपरिषद् बैठक बस्दै, कोरोनाको विषयमा महत्त्वपूर्ण निर्णय हुनसक्ने

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठक बोलाएको छ । आज (सोमबार) साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । आजको बैठक नियमित भएपनि तीब्ररूपमा फैलिरहेको...

अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव

काठमाडौं । बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन् ।  नियामक नेपाल नागरिक...

काठमाडौं उपत्यकामा ५१ जनासहित थप ४१८ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं...

विद्युत् प्राधिकरणका आयोजनाको प्रगति ८० प्रतिशतमाथि 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाले गत आर्थिक वर्ष २०७६/७७ मा ८१.२३ प्रतिशत वित्तीय प्रगति हासिल गरेका छन् ।...