नेपाली समय: ०८:०१:४३ pm
वि.सं २०७७ साउन १९   सोमवार

प्रधानमन्त्री ओलीको सन्देश बोकेर खुमलटार पुगे पोखरेल, पौडेल र नेम्वाङ

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आषाढ १९)
News Title

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रधानमन्त्री केपी शर्मा ओलीको दूत बनेर रक्षामन्त्रीसहित महासचिव खुमलटार पुगेका छन् ।

सत्ता संकट गहिरिएसँगै पार्टी सचिवालय सहित स्थायी कमिटीमा समेत अल्पमतमा परेका प्रधानमन्त्री ओलीले आफ्ना निकटका नेताहरु रक्षामन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ खुमलटार पुगेका हुन् ।

नेकपाका अध्यक्षद्वय ओली-प्रचण्डले बालुवाटारमा लामो छलफल गरेपनि निष्कर्षमा पुग्न नसकेका कारण पार्टी एकता नै धरपमा पर्ने भन्दै एकतालाई थप सुदृढ बनाउन नेताहरुको दौडधूप बढेको हो ।

प्रचण्ड निवास खुमलटारमा प्रधानमन्त्री ओलीको सन्देश लिएर पोखरेल, पौडेल र नेम्वाङ पुगेका हुन् । भोलीको स्थायी समितिभन्दा पहिले बस्ने ओली- प्रचण्डको बैठकमा एजेण्डा थप मजवुत बनाउन नेताहरु त्यहाँ पुगेको जनाइएको छ ।

स्रोतका अनुसार प्रचण्ड निवासमा अहिले छलफल चलिरहेको छ । छलफलमा प्रधानमन्त्री ओलीको सन्देश लिएर नेताहरु पुगेपनि आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले दुबै पद नछाड्ने तर पार्टी सञ्चालनको सबै जिम्मा प्रचण्डलाई दिने वचन दिएका छन् ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 25%
  • अचम्मित

  • 75%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

मेलम्ची खानेपानी आयोजना: भित्रबाट हुनुपर्ने ढोका बाहिरबाट राख्दा दुर्घटना

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित...

आज मन्त्रिपरिषद् बैठक बस्दै, कोरोनाको विषयमा महत्त्वपूर्ण निर्णय हुनसक्ने

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठक बोलाएको छ । आज (सोमबार) साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । आजको बैठक नियमित भएपनि तीब्ररूपमा फैलिरहेको...

अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव

काठमाडौं । बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन् ।  नियामक नेपाल नागरिक...

काठमाडौं उपत्यकामा ५१ जनासहित थप ४१८ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं...

विद्युत् प्राधिकरणका आयोजनाको प्रगति ८० प्रतिशतमाथि 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाले गत आर्थिक वर्ष २०७६/७७ मा ८१.२३ प्रतिशत वित्तीय प्रगति हासिल गरेका छन् ।...