नेपाली समय: ०७:५४:४३ बेलुका
वि.सं २०७७ साउन १९   सोमवार

असार २१ गते देखि सार्वजनिक सवारी सञ्चालनमा

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आषाढ २०)
News Title

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जनाएको छ ।

यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको महासङ्घको आरोप छ ।

सञ्चालनका लागि सरकारसँग माग गर्दा अहिलेसम्म छलफल भन्दै अल्मलाएको र कुनै निर्णय नगरेकाले व्यवसायी आफैँ सञ्चालन गर्ने टुङ्गोमा पुगेका हुन् । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्छन्, यातायात क्षेत्रमा आश्रित परिवार भोकै रहने अस्वस्था छ, बैङ्कको ऋणको त कुरै नगरौँ, गाडी चलेकै छन् तर सावर्जनिक मात्र रोकियो, निजी गाडीले यात्रु ओसारेका छन्, त्यसैले हामीले २१ गतेपछि आफैँ निर्णय गरेर चलाउँछौँ ।

उपत्यकाका ट्याक्सी व्यवसायीले पनि असार २१ गतेसम्मका लागि आन्दोलन स्थगित गरेका छन् । तीन महिनाभन्दा बढी समय बन्दाबन्दी भएपछि ट्याक्सी व्यवसायी बैङ्क किस्ता तिर्न र दैनिक गुजारा चलाउन समेत समस्या भएको भन्दै ट्याक्सी लिएर सडकमा आएका थिए । ट्याक्सी चलाउन र काम गर्न पाउनुपर्ने उनीहरूको माग छ ।

२१ गतेपछि साना सार्वजनिक सवारी साधनहरू खुल्न सक्ने सम्भावना भएकाले आफूहरूले २१ गतेसम्म आन्दोलन स्थगित गरेको उपत्यका ट्याक्सी व्यवसायी समाजका उपाध्यक्ष प्रेम तामाङले जानकारी दिए । कोरोना भाइरसको सावधानी अपनाएर आफूहरूले ट्याक्सी चलाउनका लागि सरकारी निकायसँग पटक–पटक अनुरोध गरे पनि बेवास्ता गरेपछि सडकमै आउनु परेको उनको भनाइ छ । गोरखापत्र दैनिकबाट

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 100%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

मेलम्ची खानेपानी आयोजना: भित्रबाट हुनुपर्ने ढोका बाहिरबाट राख्दा दुर्घटना

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित...

आज मन्त्रिपरिषद् बैठक बस्दै, कोरोनाको विषयमा महत्त्वपूर्ण निर्णय हुनसक्ने

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठक बोलाएको छ । आज (सोमबार) साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । आजको बैठक नियमित भएपनि तीब्ररूपमा फैलिरहेको...

अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव

काठमाडौं । बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन् ।  नियामक नेपाल नागरिक...

काठमाडौं उपत्यकामा ५१ जनासहित थप ४१८ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं...

विद्युत् प्राधिकरणका आयोजनाको प्रगति ८० प्रतिशतमाथि 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाले गत आर्थिक वर्ष २०७६/७७ मा ८१.२३ प्रतिशत वित्तीय प्रगति हासिल गरेका छन् ।...