नेपाली समय: ०९:२५:२१ राती
वि.सं २०७७ साउन १९   सोमवार

विदेशबाट फर्किए १६ हजारभन्दा बढी नेपाली

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आषाढ २०)
News Title

काठमाडौं । कोभिड–१९ को महामारी यता बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् ।

फिर्ता भएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका पाँच हजार ३५८ रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ३९४ छन् । यस्तै सबैभन्दा बढी कुवेतबाट तीन हजार ५२७ र सबैभन्दा कम पाँच जना श्रीलङ्काबाट स्वदेश फिर्ता भएको ‘कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)’ ले जनाएको छ ।

नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि गत चैत ११ गतेदेखि मुलुकभर लागु गरिएको बन्दाबन्दीका कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको थियो । बन्दाबन्दीसँगै अन्तर्राष्ट्रिय हवाई यातायात पनि बन्द भएपछि विदेशमा अप्ठ्यारोमा परेका स्वदेश आउन चाहने नेपालीलाई सरकारले गत जेठ २१ गतेदेखि सुरक्षित रूपमा स्वदेश फर्काउने कार्य सुरु गरेको हो ।

यस अवधिमा अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, ओमानबाट ३१३, कतारबाट एक हजार ८१२, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट २२८, बङ्गलादेशबाट ८४१, मलेसियाबाट एक हजार ५३७, माल्दिभ्सबाट ७०९, यूएईबाट दुई हजार ७३७, सउदी अरेबियाबाट दुई हजार दुई, सिङ्गापुरबाट १४६, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ४२०, संयुक्त राज्य अमेरिकाबाट २८२ र संयुक्त अधिराज्यबाट २२९ नेपाली स्वदेश फिर्ता भएका छन् ।

उनीहरूलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रूपमा स्थापना गरिएको होल्डिङ सेन्टरमा राखेर व्यक्तिगत विवरण सङ्कलन, स्वास्थ्य परीक्षणलगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशको समन्वयमा क्वारेन्टिनमा पठाउने गरिँदै आएको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको गत चैत १६ गतेको निर्णयानुसार कोभिड–१९ विरुद्धको प्रतिकार्यको सन्दर्भमा उच्चस्तरीय समन्वय समितिको मातहतमा, सहजीकरण समितिअन्तर्गत रही प्रतिकार्यलाई प्रभावकारी ढङ्गले छिटो, व्यवस्थित र समन्वयात्मक रूपमा सम्पादन गर्न सीसीएमसीको स्थापना भएको थियो ।

पछि सरकारले गत जेठ २८ गतेको मन्त्रिपरिषदको निर्णयानुसार उच्चस्तरीय समन्वय समिति विघटन गरी उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा विभिन्न १० मन्त्री सदस्य रहेको सीसीएमसी निर्देशक समिति गठन गरेको हो । समितिले केन्द्र, प्रादेशिक र स्थानीय तहसम्म निजामती, सुरक्षा निकाय र सबै सम्बद्ध निकायमार्फत कोभिड–१९ विरुद्ध समन्वयात्मक रूपमा प्रतिकार्य सञ्चालन गर्दै आएको छ । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

मेलम्ची खानेपानी आयोजना: भित्रबाट हुनुपर्ने ढोका बाहिरबाट राख्दा दुर्घटना

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित...

आज मन्त्रिपरिषद् बैठक बस्दै, कोरोनाको विषयमा महत्त्वपूर्ण निर्णय हुनसक्ने

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठक बोलाएको छ । आज (सोमबार) साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । आजको बैठक नियमित भएपनि तीब्ररूपमा फैलिरहेको...

अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव

काठमाडौं । बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन् ।  नियामक नेपाल नागरिक...

काठमाडौं उपत्यकामा ५१ जनासहित थप ४१८ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं...

विद्युत् प्राधिकरणका आयोजनाको प्रगति ८० प्रतिशतमाथि 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाले गत आर्थिक वर्ष २०७६/७७ मा ८१.२३ प्रतिशत वित्तीय प्रगति हासिल गरेका छन् ।...