नेपाली समय: ०९:१४:०५ राती
वि.सं २०७७ साउन १९   सोमवार

गोरखा अस्पतालमा उपचारत थप एक कोरोना संक्रमितको मृत्यु

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आषाढ २०)
News Title

काठमाडौं । नेपालमा कोरोना भाइरस ( कोभिड १९) बाट थप एकको मृत्यु भएको छ ।

गोरखामा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ ।

कतारबाट घर फर्केका पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना पोजेटिभ पुष्टि भएपछि ती पुरुषलाई उपचारका लागि गएराति गोरखा अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा आज बिहान ज्यान गएको अस्पतालले विज्ञप्ति निकालेर जानकारी गराएको छ । असार १६ गते कतारबाट नेपाल फर्केका ती पुरुष १७ गते पालुङटार पुगेका थिए ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

मेलम्ची खानेपानी आयोजना: भित्रबाट हुनुपर्ने ढोका बाहिरबाट राख्दा दुर्घटना

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित...

आज मन्त्रिपरिषद् बैठक बस्दै, कोरोनाको विषयमा महत्त्वपूर्ण निर्णय हुनसक्ने

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठक बोलाएको छ । आज (सोमबार) साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । आजको बैठक नियमित भएपनि तीब्ररूपमा फैलिरहेको...

अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव

काठमाडौं । बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन् ।  नियामक नेपाल नागरिक...

काठमाडौं उपत्यकामा ५१ जनासहित थप ४१८ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं...

विद्युत् प्राधिकरणका आयोजनाको प्रगति ८० प्रतिशतमाथि 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाले गत आर्थिक वर्ष २०७६/७७ मा ८१.२३ प्रतिशत वित्तीय प्रगति हासिल गरेका छन् ।...