नेपाली समय: १२:३९:३९ am
वि.सं २०७७ कार्तिक १०   सोमवार

सफाई कर्मचारीको हातबाट जुस पिएर डा. केसीले तोडे अनशन, सरकारसँग के भयो सहमति ?

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आश्विन २५)
News Title

काठमाडौं । डा. गोबिन्द केसीले अनशन तोडेका छन् । 

शनिबार मध्य राति सरकारसँग ८ बुँदे सहमति गरेपछि डा. केसीले २८ औं दिनमा अनशन तोडेका हुन् ।

डा. केसीले त्रिभिवन शिक्षण अस्पतालका सफाई कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । 

चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । उनलाई त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा राखिएको थियो ।

डा. केसी र सरकारबीच आगामी वर्षबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । भने, अन्य स्थानमा २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ ।

यस्तै, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।

यस्तो छ सहमति

 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

भक्तपुर  ।  भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक  शाहीव हुसैनको  हत्याको अभियोगमा प्रहरीले आज दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ...

अध्यक्ष थापा अस्पतालबाट घर फिर्ता

काठमाडौँ  ।   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष  कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज भएका छन् ।  कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते...

‘खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्नू’

काठमाडौँ  ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।  खर्चका अभावमा कुनै पनि...

मोटरसाइकलसहित तस्करीका सामग्री बरामद

रौतहट  ।  नेपाल भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरे पनि  सीमावर्ती क्षेत्रका विभिन्न नाका हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री...

काठमाडौं उपत्यकामा १,५३५ जना संक्रमितः देशभर कती ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।  नियमित पत्रकार सम्मेलन स्वास्थ्य तथा जनसंख्या...