नेपाली समय: ०९:०५:३२ राती
वि.सं २०७७ कार्तिक ५   बुधवार

मुख्यमन्त्री शाहीले गरे कुर्मराजलाई सचेतक नियुक्त

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आश्विन २७)
News Title

सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरेका छन् । 

कर्णाली प्रदेशको कालिकोट जिल्लाबाट निर्वाचित कुर्मराजलाई मुख्यमन्त्री शाहीले सचेतकमा नियुक्त गरेका हुन् । 

संसदीय दलका नेता मुख्यमन्त्री शाहीले नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेता कुर्मराजलाई सचेतकको जिम्मेवारी दिएका हुन् । 

सोमबार प्रदेशका प्रमुख सचेतक गुलावजंग शाहलाई हटाएर मुख्यमन्त्री शाहीले सचेतक रहेकी सीता नेपालीलाई प्रमुख सचेतक बनाएका थिए । 

नेपालीले प्रमुख सचेतकको जिम्मेवारी पाएपछि रिक्त रहेको सचेतकमा कुर्मराजले जिम्मेवारी पाएका हुन् । कर्णाली प्रदेशमा आइतबार गुलावजंग शाहसहित यमलाल कडेँलको नेतृत्वमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 100%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता

काठमाडाैँ  ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिष्ठित उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।  बुधबार महासंघको केन्द्रीय कार्यालय...

दशैँमा पनि कोभिड अस्पताल खुला रहने

काठमाडौँ  ।  गत चौबीस घन्टामा नयाँ कोरोना सङ्रमितको संख्या ५ हजार ७४३ देखिएको छ ।  स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज सोही अवधिमा २ हजार...

बाघको आक्रमणबाट मृत्यु

बर्दिया  ।  मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा आज एक महिलाको मृत्यु भएको छ । मधुवन– ३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस...

अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने

काठमाडाैँ  ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच आज भएको शिष्टाचार भेटवार्तामा  द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक...

पहिरोपीडितको व्यथा : त्रिपालभित्र जमरा राखेर दशैँ

जाजरकोट  ।  दिनमा घामले पोल्छ रातमा चिसोले सताउँछ त्रिपालभित्रको सहारामा खाने अन्न छैन, “वर्षौँदेखि बस्दै आएका घर पहिराले बगाएर क्षतबिच्छेद बनाएर लग्यो, रात बिताउने विकल्प...