नेपाली समय: १०:३३:४७ राती
वि.सं २०७७ कार्तिक ५   बुधवार

सामूहिक जडिबुटी खेती

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आश्विन २७)
News Title

खलङ्गा  ।  जुम्लाको सिँजा गाउँपालिका– ६ का युवाले सामूहिक जडिबुटी खेती गर्न थालेका छन् । सो वडाको माझखर्क जङ्गलका बीचमा उनीहरुले अत्तिस खेती गर्न थालेका हुन् । 

स्थानीयवासी लालबहादुर बुढाले गत वर्ष अत्तिसको बीउ बेचेरै रु ६ लाख अम्दानी गरिएकामा यस वर्ष रु १८ लाखसम्म आम्दानी हुने अनुमान गरिएको बताए ।”अत्तिसको बीउ प्रतिकिलो रु ५० हजार र जरा रु दुई  हजारमा बिक्री हुने गरेको छ । 

पहिले भारतका गल्लीगल्लीमा घुम्ती व्यापारमा निस्कने ती युवा अहिले गाउँमै सामूहिक जडिबुटी खेतीलाई आम्दानीको स्रोत बनाइरहेका छन् ।

माझखर्क कृषि फर्म दर्ता गरेर अहिले ४ हेक्टर जमीनमा जडिबुटी खेती गरिएकोे अर्का युवक नवीन बुढाले बताए । उनले भने, “लोप हुँदै गएका अत्तिस, अक्करकाँडा, सुमयो, सतुवा, गन्नइनो, पाँचऔँले, पदमचाल, बायाँजडीलगायत गरी २६ प्रजातिका जडिबुटी  फर्ममा लगाएका छौँ । सबैभन्दा बढी अत्तिसको बीउ माग  भएको छ । 

पहिले नुन, तेल र खाद्यान्न कसरी जोहो गर्ने भन्ने पिरलो हुन्थ्यो, अहिले आम्दानीको स्रोत कसरी बढाउने भन्नेमै ध्यानकेन्द्रित हुने गरेको छ । ”

जुम्ला बहुमूल्य जडिबुटीको खानी भएकाले  सो उद्योगको विकास गर्न सके मात्रै यहाँका नागरिकको जीवन सुधार हुने भएकाले यसमा ध्यान दिन स्थानीय, प्रदेश  र सङ्घीय सरकारलाई युवाले आग्रह गरेका छन् ।

पहिले काला पहाडमा दिनभरि भारी बोक्दा मुश्किलले दैनिक रु ५०० कमाइ गर्ने युवाले गाउँमै बसी जटिबुटी खेती गर्न थालेपछि खुशी छाएको स्थानीयवासी मुनबहादुर बुढाले बताए । 

सो जडिबुटी फर्मका लागि गत आर्थिक वर्षमा सिँजा गाउँपालिकाले रु १० लाखमा भवन निर्माण गरिदिएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले जानकारी दिए । 
 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता

काठमाडाैँ  ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिष्ठित उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।  बुधबार महासंघको केन्द्रीय कार्यालय...

दशैँमा पनि कोभिड अस्पताल खुला रहने

काठमाडौँ  ।  गत चौबीस घन्टामा नयाँ कोरोना सङ्रमितको संख्या ५ हजार ७४३ देखिएको छ ।  स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज सोही अवधिमा २ हजार...

बाघको आक्रमणबाट मृत्यु

बर्दिया  ।  मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा आज एक महिलाको मृत्यु भएको छ । मधुवन– ३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस...

अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने

काठमाडाैँ  ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच आज भएको शिष्टाचार भेटवार्तामा  द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक...

पहिरोपीडितको व्यथा : त्रिपालभित्र जमरा राखेर दशैँ

जाजरकोट  ।  दिनमा घामले पोल्छ रातमा चिसोले सताउँछ त्रिपालभित्रको सहारामा खाने अन्न छैन, “वर्षौँदेखि बस्दै आएका घर पहिराले बगाएर क्षतबिच्छेद बनाएर लग्यो, रात बिताउने विकल्प...