नेपाली समय: ०१:०३:४२ बिहान
वि.सं २०७७ कार्तिक १०   सोमवार

बीउ उत्पादन गरेर लाखौँ आम्दानी

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आश्विन २८)
News Title

दैलख  ।  दुर्गम गाउँका किसानले हाइब्रिड बीउ उत्पादन  तथा बिक्री गरेर बर्सेनि लाखौ मूल्यबराबरको आम्दानी गर्न सफल भएका छन् । 

दुल्लु नगरपालिका वडा नं. १३ का पौरखी किसान विष्णुबहादुर शाहीसहित ८० जनाको समूहले यस्ता बीउ उत्पादन र बिक्री वितरण गर्दै आएका हुन् । किसान शाही अहिले आफूले उत्पादन गरेको सृजना हाइब्रिड टमाटरको बीउ सुकाउने तरखरमा छन् । 

उनले एक किलोग्राम यो बीउ रू ५५ हजारमा बिक्री हुने बताए । यो वर्ष समूहका सबै मिलेर १० किलोग्राम बीउको माग पूरा गर्नुपर्ने छ । कृषक शाहीले भने, “हामीले हातेमालो सहकारीमार्फत बीउ उत्पादन गर्ने गरेका छौँ, प्लास्टिकको घरमा हाइब्रिड बीउ  निकाल्न निकै मेहनत गर्नुपर्दछ ।” 

सहकारीमा आबद्ध २८०  किसानमध्ये गत वर्षदेखि ८०  किसानले टमाटर, प्याज, सिमी, मुला, चम्सुरलगायत बीउ  उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । गत वर्ष रू ८० लाखको बीउ बिक्री गरेका त्यहाँका किसान यो  वर्ष रू १ करोड २० लाखको  बीउ बिक्री गर्ने तयारीमा छन् । 

उत्पादित बीउ सिए सिड कम्पनीले खरिद गर्दै आएको छ । एउटा किसानले न्यूनतम रू ५ लाखसम्म आम्दानी गर्न सफल भएका छन् । 

कृषि विकास कार्यालयले बीउ उत्पादनका लागि पक्की प्लास्टिक घर निर्माणसँगै प्रविधिमा पनि सहयोग गर्दै आएको उक्त कार्यालयका प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिए । 

अहिले उक्त कार्यालय र सहकारीको साझेदारीमा रू २० लाखको लगानीमा १२ वटा पक्की टनेल निर्माण गरिएको छ । यसले बीउ  उत्पादनमा निकै सहयोग पुग्ने सम्बद्ध किसानले बताए ।

बीउ उत्पादनबारे जानकारी लिन कर्णाली प्रदेश सरकारका सभामुख राजबहादुर शाही र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले स्थलगत अवलोकन गरेका छन् । 

किसानले उत्पादन गरेको बीउको प्रवर्धनसँगै प्याकेजिंङको व्यवस्थापन गर्न प्रदेश सरकारले सहयोग गर्ने उनले बताए । 
 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

भक्तपुर  ।  भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक  शाहीव हुसैनको  हत्याको अभियोगमा प्रहरीले आज दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ...

अध्यक्ष थापा अस्पतालबाट घर फिर्ता

काठमाडौँ  ।   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष  कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज भएका छन् ।  कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते...

‘खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्नू’

काठमाडौँ  ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।  खर्चका अभावमा कुनै पनि...

मोटरसाइकलसहित तस्करीका सामग्री बरामद

रौतहट  ।  नेपाल भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरे पनि  सीमावर्ती क्षेत्रका विभिन्न नाका हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री...

काठमाडौं उपत्यकामा १,५३५ जना संक्रमितः देशभर कती ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।  नियमित पत्रकार सम्मेलन स्वास्थ्य तथा जनसंख्या...