नेपाली समय: ०२:०६:४४ बिहान
वि.सं २०७७ कार्तिक १०   सोमवार

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार, प्रचण्डको आपत्ति

महासचिव पाैडेल अर्थमन्त्री, रक्षामन्त्री पोखरेलको जिम्मेवारी खोसियो

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आश्विन २८)
News Title

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार तथा जिम्मेवारी हेरफेर गरेका छन् । 

स्थायी कमिटीको बैठकका निर्णयलाई लत्याउदै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तार गरेका हुन् । ओलीले आफ्ना पक्षका नेताहरुलाई तीन मन्त्रालयको जिम्मेवारी दिएका छन भने, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको जिम्मेवारी खोसेका हुन् । 

आज विस्तार भएको मन्त्रिपरिषद्मा तीनजना नयाँ मन्त्री थपेका छन भने दुई जनाको जिम्मेवारी हेरफेर गरेका हुन् । प्रधानमन्त्री ओलीले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यालयमा तानेका छन् । पोखरेलको रक्षा मन्त्रालय भने प्रधानमन्त्री ओली आफैंले राखेका छन् ।

अर्थमन्त्रीमा नेकपाका महासचिव विष्णुप्रसाद पाैडेल, शहरी विकासमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा जेष्ठ नागरिकमा लीलानाथ श्रेष्ठलाई नियुक्त गरेका हुन् । तीनैजना ओली निकट नेताहरु हुन् ।

प्रचण्डको आपत्ति

प्रधानमन्त्री ओलीले छलफलकै क्रममा रहेर आफूखुशी मन्त्रीपरिषद् विस्तार तथा जिम्मेवारी हेरफेर गरेको भन्दै प्रचण्डले आपत्ति जनाएका छन् । प्रचण्डको सचिवालले निरन्तर छलफल भएपनि सहमतिको विन्दुमा नपुग्दै मन्त्रिपरिषउ् हेरफेर गरेर पार्टी एकतामा थप दरार उत्पन्न गराएको दाबी गरेको छ । 

प्रचण्डलाई यो विषयमा जानकारी भएपनि यसरी मन्त्रिपरिषद् विस्तार भइहाल्नेमा विश्वास नभएको र भर्खरै पार्टी ठूलो संकटबाट मुक्त हुने बाटोमा भएकाले धैर्य हुनेमा प्रचण्ड आशावादी रहेपनि प्रधान्त्रीले एकलाैटी गर्न खोजेको आरोप उनीहरुको छ । यद्यपी मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन गर्ने जिम्मेवारी प्रधानमन्त्री कै भएपनि स्थायी कमिटीको बैठकले गरेको निर्णय लत्याएर गलत भएको उनीहरुको दाबी छ । 

खोसियो रक्षामन्त्रीको जिम्मेवारी

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई प्रधानमन्त्री कार्यालयमा तानिएका छन् । 

प्रधानमन्त्री ओली र पोखरेलबीच छलफल भएरै उनलाई रक्षामन्त्रीको जिम्मेवारीबाट फिर्ता ल्याइएको उनको सचिवालयले जनाएको छ । पोखरेको सचिवालयका अनुसार सल्लाह र सहमतिकै आधारमा उनलाई प्रधानमन्त्री कार्यालयमा ल्याइएको हो । पोखरेलले लिखित रुपमै कार्यदिशा पाउने र अहिलेको संरचनामा प्रधानमन्त्री अध्यक्ष रहने करिब २५ वटा निकायहरुमध्ये विभिन्न निकायमा जिम्मेवारी दिइने गरि सहमति भएको हो । 

तर, नेकपाका कतिपय नेताहरयका अनुसार पोखरेलले नेपाली सेनासँग राम्रो सम्बन्ध बनाउन नसकेको र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को काम प्रभावकारी ढंगले चलाउन नसकेकाले उनीसँग प्रधानमन्त्रीले असन्तुष्टि साँधेका हुन् । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

भक्तपुर  ।  भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक  शाहीव हुसैनको  हत्याको अभियोगमा प्रहरीले आज दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ...

अध्यक्ष थापा अस्पतालबाट घर फिर्ता

काठमाडौँ  ।   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष  कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज भएका छन् ।  कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते...

‘खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्नू’

काठमाडौँ  ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।  खर्चका अभावमा कुनै पनि...

मोटरसाइकलसहित तस्करीका सामग्री बरामद

रौतहट  ।  नेपाल भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरे पनि  सीमावर्ती क्षेत्रका विभिन्न नाका हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री...

काठमाडौं उपत्यकामा १,५३५ जना संक्रमितः देशभर कती ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।  नियमित पत्रकार सम्मेलन स्वास्थ्य तथा जनसंख्या...