नेपाली समय: ०१:२२:०३ बिहान
वि.सं २०७७ कार्तिक १०   सोमवार

साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आश्विन २९)
News Title

फुङलिङ  ।  कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र समृद्ध पहाड परियोजनामार्फत ताप्लेजुङको दुर्गम गाउँमा वित्तीय संस्था पुग्न थालेकाले साहूबाट चर्को ब्यजदरमा ऋण लिने चलन अहिले हट्दै गएको छ ।
 
विसं २०६१ मंसिर महिनामा विवाहका लागि ३६ प्रतिशत ब्याजदरमा साहूबाट रू. ६० हजार ऋण लिएका  बिर्खबहदुर लिम्बूले ऋण तिर्न नसक्दा विदेशीनु पर्यो । त्यस्तै तिरैतो खेती गर्न साहूबाट त्यत्तीकै व्याजदरमा रू ४ लाख ऋण लिएका केरसिंङ लिम्बूलाई  ऋण चुक्ता गर्न ३ वर्ष लाग्यो ।
  
केही वर्ष अघिसम्म घर खर्च चलाउन साहू–माहाजनकहाँ रक्सी, मासुलगायत कासेली बोकेर चर्को व्याजदरमा ऋण माग्न जानुपथ्र्यो । बैंक तथा वित्तीय संस्थामा  पहँुच पुग्ने ती साहू–महाजनले त्यहीबाट सस्तो ब्याजदरमा ऋण लिएर गाउँमा चर्को ब्याजदरमा ऋण दिलाउने गरेकोे फक्तुङलुङ गाउँपालिका–६ का  श्याम लिम्बूले बताए । 

साहूले ऋण दिएपछि तिनको  गुलामी बन्नु पर्ने र उनीहरूलाई चित्त नबुझे प्रहरी प्रसाशन लगाएर दुःखसमेत  दिने प्रचलन अहिले हटदै गएको उनको भनाइ थियोे । ती दुबै संस्थाले फक्ताङलुङ र सिरिजंघा गाउँपालिकालाई  कार्यक्षेत्र बनाएर विगत ६ वर्षदेखि हिमाली गाउँ बस्तीहरूमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले विभिन्न ४ सहकारीमार्फत सुलभ व्याजदरमा कर्जा प्रवाह गरी आय आर्जनका काममा लगाएर बचतसमेत गर्ने बानीको विकास गर्दै आएको उक्त परियोजनाका कार्यक्रम संयोजक चित्राकुमारी चङसुले बताए । 

यसरी सञ्चलित सहकारीमध्ये  फक्ताङलुङ गाउँपालिका ५ तापेथोकस्थित  तागेरा बचत तथा ऋण सहकारी संस्थामा २४३ महिला २१५ गरी ४५८ सदस्य, सोही गाउँपालिकाको  वडा नं ६ स्थित  संरक्षण बचत तथा ऋण सहकारीमा २०६ महिला २३२ परूषसहित ४३८ सदस्य र  वडा नं ७ स्थित बालुङ बचत तथा ऋण सहकारीमा ५१ महिला ५३पुरूष गरी जम्मा १०४ सदस्य रहेका छन् भने  सिरिजङघा गाउँपालिकाको वडा नं. ७ स्थित यालुखाङ बहुउदेश्यीय सहकारीमा ८० महिला र ८० पुरूष गरी  १६० सदस्य रहेका  छन् । 

ती सहकारीले ऋण प्रवाह गर्नाका साथै बचत गर्ने बानीको विकास र व्यापार व्यवसाय संञ्चालनका लागि उत्प्रेरित गर्दै आइरहेका छन्  ।
 
बित्तीय पहँुचबाट टाढा रहेका  दुर्गम तथा हिमाली क्षेत्रमा बसोबास गर्ने ती समुदायको जिविकोपार्जन, दिगो विकास र अन्य आर्थिक कृयाकलापमा टेवा पुर्याउनका लागि सहकारीमार्फत कार्यक्रम संञ्चालन गर्दै आएको कार्यक्रम संयोजक चङसुले बताए । 

अहिले सहकारीबाट ऋण लिएर युवाहरूले कुखुरा फर्म, कृषी फर्म तथा काठ काटने उपकरण  खरिदलगायतका  व्यपार व्यवसाय  गर्दैआएको स्थनीय कुशल लिम्बूले जानकारी दिए ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 100%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

भक्तपुर  ।  भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक  शाहीव हुसैनको  हत्याको अभियोगमा प्रहरीले आज दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ...

अध्यक्ष थापा अस्पतालबाट घर फिर्ता

काठमाडौँ  ।   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष  कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज भएका छन् ।  कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते...

‘खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्नू’

काठमाडौँ  ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।  खर्चका अभावमा कुनै पनि...

मोटरसाइकलसहित तस्करीका सामग्री बरामद

रौतहट  ।  नेपाल भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरे पनि  सीमावर्ती क्षेत्रका विभिन्न नाका हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री...

काठमाडौं उपत्यकामा १,५३५ जना संक्रमितः देशभर कती ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।  नियमित पत्रकार सम्मेलन स्वास्थ्य तथा जनसंख्या...