नेपाली समय: १०:०७:२७ राती
वि.सं २०७७ कार्तिक ५   बुधवार

कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आश्विन ३०)
News Title

राँझा  ।  बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।  

रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठको  स्वास्थ्यमा समस्या देखिएपछि असोज यही २१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि पिसिआर परीक्षण गर्दा असोज २२ गते कोरोना सङ्क्रमण देखिएको थियो । 

शिक्षण अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारका आवश्यक उपचार गरिए पनि स्वास्थ्यावस्थामा सुधार नआई उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।  

आफन्तजन र अस्पतालसँगको समन्वयमा शव व्यवस्थापनको प्रक्रिया चलिरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । 

बाँकेमा यससहित बाहिरी जिल्लाबाट आई उपचारका क्रममा अस्पतालमै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । बाँकेका मात्रै २७ जनाको मृत्यु भइसकेको छ ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता

काठमाडाैँ  ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिष्ठित उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।  बुधबार महासंघको केन्द्रीय कार्यालय...

दशैँमा पनि कोभिड अस्पताल खुला रहने

काठमाडौँ  ।  गत चौबीस घन्टामा नयाँ कोरोना सङ्रमितको संख्या ५ हजार ७४३ देखिएको छ ।  स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज सोही अवधिमा २ हजार...

बाघको आक्रमणबाट मृत्यु

बर्दिया  ।  मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा आज एक महिलाको मृत्यु भएको छ । मधुवन– ३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस...

अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने

काठमाडाैँ  ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच आज भएको शिष्टाचार भेटवार्तामा  द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक...

पहिरोपीडितको व्यथा : त्रिपालभित्र जमरा राखेर दशैँ

जाजरकोट  ।  दिनमा घामले पोल्छ रातमा चिसोले सताउँछ त्रिपालभित्रको सहारामा खाने अन्न छैन, “वर्षौँदेखि बस्दै आएका घर पहिराले बगाएर क्षतबिच्छेद बनाएर लग्यो, रात बिताउने विकल्प...