नेपाली समय: ०९:५५:५८ राती
वि.सं २०७७ कार्तिक ५   बुधवार

विनोदले बनाए विश्व कीर्तिमान

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आश्विन ३०)
News Title

सुदूरपश्चिम  ।  कैलालीको टीकापुरका खेलाडी विनोद थापाले तेक्वान्दो खेलअन्तर्गत खेलिने ‘मोष्ट मार्सल राउण्ड हाउस किक इन वान आवर’ अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने विधामा विश्व रेकर्ड बनाएका छन् । यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड नबनाएको बताइएको छ ।
 
थापाले सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घले बिहीबार धनगढीमा आयोजना गरेको कार्यक्रममा एक घण्टामा एक खुट्टाले दुई हजार ७५० पटक किक हानेर नयाँ रेकर्ड बनाएका हुन् । 

गिनिज बुक अफ ओल्ड रेकर्डले तोकेको समयअनुसार उनले एक घण्टामा सो रेकर्ड बनाउन सफल भएका हुन् ।

अब उनले आगामी कात्तिक ४ गते ‘मोष्ट मार्सल आर्टस किक इन वान आवर युजिङ अल्टरनेटिभ लेग्स’ अर्थात् एक घण्टामा दुवै खुट्टाको प्रयोग गरेर सबैभन्दा बढी किक हान्ने विधाको रेकर्ड बनाउने तयारी गरेका छन् । यो समय पनि गिनिज बुक अफ ओरल्ड रिकर्डले तोकेको मापदण्डअनुसार नै गरिने उल्लेख गरिएको छ ।

हाल यो रेकर्ड जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोको नाममा रहेको छ । कातोको नाममा एक घण्टामा तीन हजार ६३२ पटक किक हानेर विश्व रेकर्ड कायम भएको खेलकुद पत्रकार सीताराम ओझाले बताए । 

कार्यक्रममा धनगढी उप महानगरपालिकाका प्रमुख नृपबहादुर वड, सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष सुवाश शाही लगायतको उपस्थिती थियो ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 100%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता

काठमाडाैँ  ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिष्ठित उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।  बुधबार महासंघको केन्द्रीय कार्यालय...

दशैँमा पनि कोभिड अस्पताल खुला रहने

काठमाडौँ  ।  गत चौबीस घन्टामा नयाँ कोरोना सङ्रमितको संख्या ५ हजार ७४३ देखिएको छ ।  स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज सोही अवधिमा २ हजार...

बाघको आक्रमणबाट मृत्यु

बर्दिया  ।  मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा आज एक महिलाको मृत्यु भएको छ । मधुवन– ३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस...

अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने

काठमाडाैँ  ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच आज भएको शिष्टाचार भेटवार्तामा  द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक...

पहिरोपीडितको व्यथा : त्रिपालभित्र जमरा राखेर दशैँ

जाजरकोट  ।  दिनमा घामले पोल्छ रातमा चिसोले सताउँछ त्रिपालभित्रको सहारामा खाने अन्न छैन, “वर्षौँदेखि बस्दै आएका घर पहिराले बगाएर क्षतबिच्छेद बनाएर लग्यो, रात बिताउने विकल्प...