नेपाली समय: ०९:४४:३७ राती
वि.सं २०७७ कार्तिक ५   बुधवार

सुरक्षित प्रसूति सेवा लिने बढे

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आश्विन ३०)
News Title

लमजुङ  ।  जिल्लाका तीन हजारभन्दा  बढी महिलाले  सुरक्षित प्रसूति सेवा लिएका छन् । 

बेँसीशहर नगरपालिकास्थित जिल्ला सामुदायिक अस्पतालमा आर्थिक वर्ष २०७४-२०७५ देखी २०७६-२०७७सम्म तीन हजार ४५६ जनाले सो सेवा लिएका हुन् ।

यीमध्ये सामान्य प्रसूति सेवा २ हजार ७४७, शल्यक्रिया गर्नुपर्ने ४६१  र जटिल किसिमको प्रसूति सेवा २४८ जनाले लिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए ।

उनका अनुसार अस्पतालबाट आर्थिक वर्ष २०७६-२०७७ मा एक हजार १२३ जनाले प्रसूति सेवा लिएकामा यीमध्ये ८६६ सामान्य, १६८ शल्यक्रिया र ८९ जनाले जटिल किसिमको प्रसूति सेवा लिएका थिए । 

आर्थिक वर्ष २०७५-२०७६ मा अस्पतालबाट प्रसूति सेवा लिनेको सङ्ख्या एक हजार ११  रहेकामा  ८२९सामान्य, १२४ शल्यक्रिया र  ५८ जनाले जटिल किसिमको प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार आर्थिक वर्ष २०७४-२०७५ मा एक हजार ३२२ जनाले प्रसूति सेवा लिएकामा  एकहजार ५२  सामान्य, १६९शल्यक्रिया र १०१ जनाले जटिल प्रसूति सेवा लिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । विंस २०५८ देखि अस्पतालले सुरक्षित प्रसूतिसेवा प्रवाह गर्दै आएको छ ।

प्रसूति गृहमा १५ शैया छ । अस्पतालमा स्त्रीरोग विशेषज्ञ सेवाका साथै दक्ष चिकित्सकद्धारा भरपर्दो र सुरक्षित प्रसूति सेवा प्रवाह भइरहेको  अस्पतालका प्रमुख श्रेष्ठको जिकिर थियो । 

यस अस्पतालमा ग्रामिण भेगका महिलासमेत सुरक्षित प्रसूति सेवाका लागि आउन थालेको अस्पतालले जनाएको छ ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता

काठमाडाैँ  ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिष्ठित उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।  बुधबार महासंघको केन्द्रीय कार्यालय...

दशैँमा पनि कोभिड अस्पताल खुला रहने

काठमाडौँ  ।  गत चौबीस घन्टामा नयाँ कोरोना सङ्रमितको संख्या ५ हजार ७४३ देखिएको छ ।  स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज सोही अवधिमा २ हजार...

बाघको आक्रमणबाट मृत्यु

बर्दिया  ।  मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा आज एक महिलाको मृत्यु भएको छ । मधुवन– ३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस...

अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने

काठमाडाैँ  ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच आज भएको शिष्टाचार भेटवार्तामा  द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक...

पहिरोपीडितको व्यथा : त्रिपालभित्र जमरा राखेर दशैँ

जाजरकोट  ।  दिनमा घामले पोल्छ रातमा चिसोले सताउँछ त्रिपालभित्रको सहारामा खाने अन्न छैन, “वर्षौँदेखि बस्दै आएका घर पहिराले बगाएर क्षतबिच्छेद बनाएर लग्यो, रात बिताउने विकल्प...