नेपाली समय: १२:३५:३३ am
वि.सं २०७७ कार्तिक १०   सोमवार

व्यावसायिक कागती खेती शुरु

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आश्विन ३०)
News Title

नवलपरासी   ।   नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का कृषक स्वास्थ्यका लागि अत्यन्तै उपयोगी मानिने कागतीको व्यावसायिक खेती गर्न थालेका छन् । 

दैनिक प्रयोग हुने औषधीय गुणयुक्त कागतीको माग बढ्दै गएपछि पछिल्लो समय यसको खेतीमा यहाँका कृषक आकर्षित भएका हुन् । 

प्राय पहाडी क्षेत्रमा गरिने कागती खेती पछिल्लो पटक तराईमा पनि विस्तार हुन थालेको छ । भिटामिन सी प्रशस्त मात्रामा पाइने भएकाले यसको  माग बढ्न थालेपछि भारतबाट ठूलो मात्रामा कागती आयात हुँदै आएको  थियो । 

बजारको राम्रो सम्भावना र तराईमा समेत कागती खेती विस्तार भईरहेकाले  रामग्राम नगरपालिका–१० का कृषक धिरेन्द्र श्रेष्ठ जागिरबाट अवकाश पाएपछि व्यावसायिकरूपमा कागती खेती गर्न थालेका छन् ।

कृष्णगोपाल एकिकृत कृषि फार्म दर्ता गरेर खेती शुरु गरेका उनले आफ्नै डेढ विघा जग्गामा भारतबाट आयातीत गोल्डेन लेमन जातको कागती लगाएका छन् ।  

अहिले हुर्किसकेका ती कागती  तीन वर्षमै  फल दिने र यसका लागि धेरै सिँचाइ गर्न पर्र्दैन ।      
                                                                                        
श्रेष्ठले रू ६ लाखको लागतमा एक हजार ५०० बिरुवा लगाएका छन् । कागतीको बोट एकपटक लगाएपछि २५ देखि ४० वर्षसम्म फल दिन्छ  । राम्रो उत्पादन भएमा वर्षमा एउटै बोटबाट मात्रै ५०० देखि एक हजार २०० वटासम्म कागती उत्पादन हुने कृषक उनकोे भनाइ छ ।

एउटै कागतीको रू दुईमा बिक्री  भए पनि वार्षिक  लाखौँ आम्दानी हुन्छ । बाह्रै महीना फल प्राप्त गर्न सकिने भएकोले कागती मनग्ये आम्दानी हुने श्रेष्ठ बताउछन् । तालिम नलिएपनि टेलिभिजन र पत्रपत्रिका अध्ययन गरेर खेती गरेका श्रेष्ठले माछापालन र धानखेती पनि गरेका छन् ।

सुनवल नगरपालिका–१२ भूमहीकी दुर्गा बस्यालले पनि यसै वर्षदेखि कागती खेती शुरु गरेकि छन् । बर्दघाट नगरपालिका–२ सुखौरामा रहेको आफ्नै १५ कठ्ठा जग्गामा ३०० बिरुवाबाट खेती शुरु गरिएको उनले बताइन् । दाङबाट ल्याएको सुन जातको कागती लगाएकी उनले केरा र कागतीको खेती सँगसँगै गरेकि छन् ।  

एक हजार ३०० केराको बोटसँगै कागती पनि लगाइएको छ । अहिले केराको बोट हुर्किएका छन् । तीन वर्षमा केरा टिपेर सकिएपछि कागतीको फल टिप्न शुरु हुने कृषक बस्यालको भनाइ छ  ।
                                     
उहाँसँगै सुखौरामा यमकुमारी भुर्तेलले पनि १२ कठ्ठामा कागती खेती गरेकी छन् । दुबै  जनाले सँगसँगै खेती थालेको बताउँदै भुर्तेल आफूले ३०० बोटबाट कागतीको व्यावसायिक खेती थालेको जानकारी दिइन् । 

वर्षौँसम्म फाईदा लिन पाइने र मनग्ये आम्दानी हुने भएकोले यो खेतीतर्फ आकर्षित भएको उनको भनाई छ । सुनवल नगरपालिकाले पनि वडा नं. ११ को धुरकोट फेदीलाई कागती पकेट क्षेत्रकोरूपमा विकास गरी कार्य अघि बढाएको छ । 

पकेट क्षेत्रका लागि त्यहाँ गत वर्ष एक हजार कागतीका बिरुवा वितरण गरिएको नगर उपप्रमुख दधिराम अर्यालले जानकारी दिए  । गत वर्षको कार्यक्रम प्रभावकारी भने हुन नसकेको तर अव त्यहाँका कृषकलाई तालिम प्रदान गरेर कागती खेतीमा प्रोत्साहन गरिने उनको भनाइ छ ।

कागतीबाट वार्षिक लाखौँ कमाउन सकिने र वर्षाैसम्म फाईदा पनि लिन सकिने भएकाले कृषक यसतर्फ आकर्षित भईरहेको कृषि ज्ञान केन्द्रका प्रमुख देवेशकुमार मिश्राको भनाइ छ । 

जिल्लाको रामग्राम, सुनवल र बर्दघाट नगरपालिकाका कृषकहरू पछिल्लो समय कागतीखेतीमा सम्लग्न छन् 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

भक्तपुर  ।  भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक  शाहीव हुसैनको  हत्याको अभियोगमा प्रहरीले आज दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ...

अध्यक्ष थापा अस्पतालबाट घर फिर्ता

काठमाडौँ  ।   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष  कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज भएका छन् ।  कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते...

‘खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्नू’

काठमाडौँ  ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।  खर्चका अभावमा कुनै पनि...

मोटरसाइकलसहित तस्करीका सामग्री बरामद

रौतहट  ।  नेपाल भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरे पनि  सीमावर्ती क्षेत्रका विभिन्न नाका हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री...

काठमाडौं उपत्यकामा १,५३५ जना संक्रमितः देशभर कती ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।  नियमित पत्रकार सम्मेलन स्वास्थ्य तथा जनसंख्या...