नेपाली समय: ०९:०३:१० राती
वि.सं २०७७ कार्तिक ५   बुधवार

दियालोकै भरमा उज्यालो

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आश्विन ३०)
News Title

सिमकोट  ।   सिमकोट गाउँपालिका–८ खोल्सी गाउँ र नाम्खा गाउँपालिकाको खगालगाउँका दुई गाउँबीच उज्यालोको लागि भन्दै सम्झौता भएको १५ वर्ष बितेको छ । 

दुई गाउँका २५० घरधुरीलाई उज्यालोको लागि २८ किलोवाट क्षमता भएको “छिउलोङलो लघु जलविद्युत्” निर्माण गरेको भए पनि ठेकेदार कम्पनीले प्राविधिकको टोली नपठाउँदा स्थानीयवासीको बत्ती बाल्ने सपना सपनामै सीमित रहेको छ । 
     
गाउँमा बत्ती नबलेपछि त्यहाँका स्थानीयवासी पुरानै सल्लाको (झरो) अर्थात दियो बालेर दैनिकी चलाउन बाध्य रहेको स्थानीय दन्त सिंहले गुनासो गरे । सिंहले भन्छन्, “सम्झौता भएको केही वर्ष उपभोक्ता समितिले लापर्वाही गर्यो, अहिले गाउँमा विद्युत् पुर्याउने जिम्मा लिएको कृष्ण ग्रिल उद्योग कम्पनी विराटनगरले कुनै वास्ता गरेको छैन् ।”

उनले भने, “२०७२-७३ सालमा निर्माण कार्य सम्पन्न भएर पावर हाउस निर्माण भयो, पावर हाउसमै बत्ती बलेको एक वर्ष बित्यो, सामग्री सबै छ, गाउँमा पोल पुगेका छन् तर ठेकेदार कम्पनीले प्राविधिक टोली नपठाउँदा गाउँमा बत्ती बाल्न नसकिएको हो ।” पावर हाउसदेखि गाउँसम्म राखिएका विद्युतका पोल कतै ढलेका छन् भने कतिपय पोलमा खिया लागेको सिंहले बताए ।

 
उपभोक्ता समितिका अध्यक्ष दलबहादुर शाहीले ढुवानी समस्या र कोरोना कहरको कारण देखाउँदै ठेकेदार कम्पनीले प्राविधिक टोली पठाउन नसकेको जानकारी दिए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ८० लाख र स्थानीय स्रोतसाधन गरेर रु एक करोड बढी लगानी उक्त लघुजलविद्युत् निर्माण भएको सिंहले जानकारी दिए ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता

काठमाडाैँ  ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिष्ठित उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।  बुधबार महासंघको केन्द्रीय कार्यालय...

दशैँमा पनि कोभिड अस्पताल खुला रहने

काठमाडौँ  ।  गत चौबीस घन्टामा नयाँ कोरोना सङ्रमितको संख्या ५ हजार ७४३ देखिएको छ ।  स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज सोही अवधिमा २ हजार...

बाघको आक्रमणबाट मृत्यु

बर्दिया  ।  मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा आज एक महिलाको मृत्यु भएको छ । मधुवन– ३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस...

अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने

काठमाडाैँ  ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच आज भएको शिष्टाचार भेटवार्तामा  द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक...

पहिरोपीडितको व्यथा : त्रिपालभित्र जमरा राखेर दशैँ

जाजरकोट  ।  दिनमा घामले पोल्छ रातमा चिसोले सताउँछ त्रिपालभित्रको सहारामा खाने अन्न छैन, “वर्षौँदेखि बस्दै आएका घर पहिराले बगाएर क्षतबिच्छेद बनाएर लग्यो, रात बिताउने विकल्प...