नेपाली समय: १०:३३:०७ राती
वि.सं २०७७ कार्तिक ५   बुधवार

कोरनाका कारण कर्मचारीलाई बिदा

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आश्विन ३०)
News Title

फुङ्लिङ  ।  ताप्लेजुङ जिल्लाको अतिदुर्गम क्षेत्रका समुदायमा  दिगो जीविकोपार्जनका लागि आर्थिक सहयोग गर्दै आएको समृद्ध पहाड परियोजनाले  कोरोनाको कारण कार्यक्रम गर्न नसक्दा त्यहाँ कार्यरत कर्मचारीलाई  बिदा दिने भएको छ ।

कोरोनाका कारणले ठूलो कार्यक्रम ल्याउन नसकेको र भएको कार्यक्रम पनि सीमित क्षेत्रमा मात्र गर्ने भएकाले  आवश्यक  बाहेकका कर्मचारीेलाई बिदा दिन निर्देशन आएको  परियोजनाका  कार्यक्रम संयोजक चित्राकुमारी चङसुले बताइन् । 

आर्थिक वर्ष सकिएको तीन महिनापछि कर्मचारीलाई  बिदा दिनू भनेर परियोजनाले गत असारमा पत्र पठाएको थियो, तीन महिना असोज मसान्तमा सकिने भएकाले सोअनुसार कर्मचारीहरूलाई व्यवस्थापन गर्न समस्या भएको उनको भनाइ थियो ।   
  
बेलायती नगरिक ग्राम रिक्लीको आर्थिक सयोगमा विगत २०६९  देखि ताप्लेजुङको हिमाली तथा अति दुर्गम क्षेत्रमा बसोबास गर्ने समुदायका लागि सो कार्यक्रम सञ्चालन हुँदै आएको कार्यक्रम संयोजक चित्राकुमारी चङसुले बताइन् । 

परियोजनाको प्राविधिक सहयोगमा ताप्लेजुङको दुर्गम गाउँ कञ्चनजघा संरक्षण क्षेत्रमा ४ वटा सहकारी संस्था स्थापना गरि प्रत्येक घर परिवार सहकारीको शेयर सदस्यमा आवद्ध गाराई वित्तीय सेवामा सहज ल्याएको कार्यक्रम संयोजक चङसुले बताएकी छन् ।

उनका अनुसार छ कार्मचारी कार्यरत रहेकामा चारजनालाई बिदा दिनुपर्ने भएको हो ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता

काठमाडाैँ  ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिष्ठित उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।  बुधबार महासंघको केन्द्रीय कार्यालय...

दशैँमा पनि कोभिड अस्पताल खुला रहने

काठमाडौँ  ।  गत चौबीस घन्टामा नयाँ कोरोना सङ्रमितको संख्या ५ हजार ७४३ देखिएको छ ।  स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज सोही अवधिमा २ हजार...

बाघको आक्रमणबाट मृत्यु

बर्दिया  ।  मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा आज एक महिलाको मृत्यु भएको छ । मधुवन– ३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस...

अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने

काठमाडाैँ  ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच आज भएको शिष्टाचार भेटवार्तामा  द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक...

पहिरोपीडितको व्यथा : त्रिपालभित्र जमरा राखेर दशैँ

जाजरकोट  ।  दिनमा घामले पोल्छ रातमा चिसोले सताउँछ त्रिपालभित्रको सहारामा खाने अन्न छैन, “वर्षौँदेखि बस्दै आएका घर पहिराले बगाएर क्षतबिच्छेद बनाएर लग्यो, रात बिताउने विकल्प...