नेपाली समय: ०९:३६:२१ राती
वि.सं २०७७ कार्तिक ५   बुधवार

चन्दाबाटै एकल दलित महिलाका लागि घर निर्माण

Voice Of Federal Nepal

बिक्रम परियार (२०७७ आश्विन ३०)
News Title

रुकुम पूर्व । सिस्ने गाउँपालिका वडा नम्वर ७ नाथिगाडको एक विपन्न परिवारलाई स्थानिय युवा विकास केन्द्रको पहलमा नयाँ घर निर्माण गरिएको छ । 

हुरीले छाना उडाईदिएपछि र अविरल बर्षातका कारण गत भाद्र ११ गतेका दिन सिस्ने गाउँपालिका ७ नाथिगार निवासि सान्ति देवि विकको घर भत्कीएको थियो । वस्ने घर भत्किएपछि विगत भाद्र ११ गते देखि उनी अहिले सोहि गाउँकै स्थानिय पुथ्वी वहादुर रावतको घरमा वस्दै आएकी थिइन् । सान्ती देविका दुईभाई छोराहरु छन तर उनीहरुमध्ये एउटा छोरा विगत एक वर्ष देखि सम्पर्क बिहिन भएको र एउटा छोरा भारतमै भएको सान्ती देविले वताइन् । 

वस्ने आवास भत्किएपछि अहिले सिस्ने ७ मा गठित लालिगुरास युवा विकास केन्द्रको पहलमा देश वाहिर रहेका स्थानिय युवाहरुको सहयोगमा घर निर्माण गरिएको लालिगुरास युवा विकास केन्द्रका सचिव भुपेश कुमार पुनले जानकारी दिए । अमेरिका र भारतमा रहेका वडाका युवाहरुको सहयोगमा उक्त तीन तले घर निर्माण गरिएको हो । 

घर निर्माणको लागि प्रदेशमा रहेका युवाहरुले चार लाख ५६ हजार रुपैया पठाएको र विभिन्न ठाउँवाट पैसा पठाउदा लागेको रकम करकट्टी गरि समितिमा चार लाख ४५ हजार पैसा जम्मा भएको सचिव पुन ले जानकारी दिए । उक्त रकमको चार लाख २२ हजारले जस्ताको पाताले छाएको दुईतले घर निर्माण गरियको र अव ट्वाइलेट निर्माणको काम वाँकि रहेको सचिव पुनले जानकारी दिए । देश वाहिर रहेका ४९ जना युवाहरुको सहयोग तथा स्थानियहरुको ३० हजार वरावरको श्रमदानमा उक्त घर निर्माण गरिएको हो । 

घर निर्माण भएपनि आफुले अहिले सम्म नेपाली नागरिकता भने नपाएको सान्ती देवि विकले जनाइन् । पतिको पहिले नै निधन भएको र पहिले पतिको पनि नागरिकता नभएका कारण आफुले नागरिकता नपाएको उनको भनाई छ । आफुसँग नागरिकता नभएको कारण सरकारी सेवा सुविधा पनि उपयोग गर्न नपाएको उनले गुनासो गरिन् । उक्त घर हस्तान्त्रण कार्यक्रममा सान्ती देविले स्थानिय तहका अध्यक्ष कुमारी बराल तथा उपाध्यक्ष गोवरधन वुढासंग नागरिकता उपलब्ध बनाईदिन आवश्यक पहल गरिदिन पनि आग्रह गरेका छन् ।

देश बाहिर रहेका युवाहरुले सहयोग गरेपछि उनीहरुका आफन्तलाई अबिर आवरण गरी गाउँपालिका अध्यक्ष कुमारी बरालले धन्यवाद दिएकी छन् ।  कार्यक्रममा सिस्ने गउँपालिका अध्यक्ष कुमारी बराल उपाध्यक्ष गोवरधन वुढा, सिस्ने ७ का वडा अध्यक्ष अमृते वुढाथोकि, लालिगुरास युवा विकास केन्द्रका सम्पुर्ण पदाधिकारीहरु, स्थानिय, महिला समाजसेवि लगाएतको उपस्थिति रहेको थियो ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता

काठमाडाैँ  ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिष्ठित उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।  बुधबार महासंघको केन्द्रीय कार्यालय...

दशैँमा पनि कोभिड अस्पताल खुला रहने

काठमाडौँ  ।  गत चौबीस घन्टामा नयाँ कोरोना सङ्रमितको संख्या ५ हजार ७४३ देखिएको छ ।  स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज सोही अवधिमा २ हजार...

बाघको आक्रमणबाट मृत्यु

बर्दिया  ।  मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा आज एक महिलाको मृत्यु भएको छ । मधुवन– ३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस...

अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने

काठमाडाैँ  ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच आज भएको शिष्टाचार भेटवार्तामा  द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक...

पहिरोपीडितको व्यथा : त्रिपालभित्र जमरा राखेर दशैँ

जाजरकोट  ।  दिनमा घामले पोल्छ रातमा चिसोले सताउँछ त्रिपालभित्रको सहारामा खाने अन्न छैन, “वर्षौँदेखि बस्दै आएका घर पहिराले बगाएर क्षतबिच्छेद बनाएर लग्यो, रात बिताउने विकल्प...