नेपाली समय: १०:३६:०१ राती
वि.सं २०७७ कार्तिक ५   बुधवार

मानव अधिकार रक्षा तथा अपराध नियन्त्रणमा प्रहरी सफल

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आश्विन ३०)
News Title

विरटनगर  ।  प्रदेश प्रहरी कार्यालय प्रदेश नं १ रानी विराटनगरमा ६५औँ प्रहरी दिवसको अवसरमा इलाम वसन्तपुरकी प्रहरी जवान सविना खत्री सर्वोत्कृष्ट प्रहरीको रुपमा आज पुरस्कृत भएकि छन् ।

उनलाई साधना देवी श्रेष्ठको नाममा स्थापित अक्षय कोषबाट  रु एक लाख राशीको पुरस्कार कोषका संस्थापक विक्रम श्रेष्ठले प्रदान गरे । सो अवसरमा प्रहरी परिवारका  एसइई परीक्षामा उत्कृष्ट हुने ३६ जना छात्रछात्रालाई जनही रु १० हजारका दरले पुरस्कार प्रदान गर्नुका साथै प्रदेश प्रहरी कार्यालय व्यवस्थापनमा उत्कृष्टता हासिल गर्ने प्रहरी जवान एवं अधिकृतलाई पनि पुरस्कृत गरियो ।

सो अवसरमा मुख्यमन्त्री शेरधन राईले गौरवपूर्ण इतिहास बनाएको नेपाल प्रहरीले मानवअधिकार रक्षा तथा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 

उनले आफ्नो पहिचान र परिचय झल्काउन सक्ने नेपाल प्रहरीले सीमित साधन स्रोतको बाबजुद पनि समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सफल भएको बताउँदै राष्ट्रको साझा आँकाक्षा पूरा गराउन प्रहरी सङ्गठन सदैव क्रियाशील रहनुपर्नेमा जोड दिए । 

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी संगठन इमान्दार र अनुशासित ढङ्गले परिचालन हुनुपर्ने भन्दै प्रहरी सङ्गठनलाई सक्षम एवं दक्ष बनाउन प्रदेश सरकार गम्भीर छ भने ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 100%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता

काठमाडाैँ  ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिष्ठित उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।  बुधबार महासंघको केन्द्रीय कार्यालय...

दशैँमा पनि कोभिड अस्पताल खुला रहने

काठमाडौँ  ।  गत चौबीस घन्टामा नयाँ कोरोना सङ्रमितको संख्या ५ हजार ७४३ देखिएको छ ।  स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज सोही अवधिमा २ हजार...

बाघको आक्रमणबाट मृत्यु

बर्दिया  ।  मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा आज एक महिलाको मृत्यु भएको छ । मधुवन– ३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस...

अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने

काठमाडाैँ  ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच आज भएको शिष्टाचार भेटवार्तामा  द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक...

पहिरोपीडितको व्यथा : त्रिपालभित्र जमरा राखेर दशैँ

जाजरकोट  ।  दिनमा घामले पोल्छ रातमा चिसोले सताउँछ त्रिपालभित्रको सहारामा खाने अन्न छैन, “वर्षौँदेखि बस्दै आएका घर पहिराले बगाएर क्षतबिच्छेद बनाएर लग्यो, रात बिताउने विकल्प...