नेपाली समय: ०१:५३:३९ बिहान
वि.सं २०७७ जेठ २५   आइतबार

नक्कली स्यानिटाइजर बिक्री गर्ने रीना पक्राउ

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ चैत्र २६)
News Title

काठमाडौं । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ ।

उपभोक्तालाई उक्त फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको सूचनाको आधारमा मङ्गलबार औषधि व्यवस्था विभाग बबरमहलका वरिष्ठ औषधि अधिकृत उषा तण्डुकार, प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक शशिधर शर्माको टोलीले फर्मामा छापामारी खानतलासी गर्दा नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि पक्राउ गरेको हो ।

कोरोना भाइरसको महामारीले अहिलेको संवेदनशील अवस्थामा उपभोक्ताको जीवनसँग खेलवाड गर्दै विभागले निर्धारण गरेको मापदण्डविपरीतको नक्कली औषधि बिक्री गरेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले फर्माबाट इनस्टैण्ठ हेण्ड स्यानिटाइजर १४९ थान बरामद गरी अनुसन्धान शुरु गरेको छ ।

क्यारेन्टाइनबाट २३ जना फर्किए

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका २३ जनालाई मङ्गलबार घर पठाइएको छ । कोरोना प्रभावित विभिन्न देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत् प्राधिकरण भवनको क्वारेन्टाइनमा राखिएको थियो । सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पु¥याउने व्यवस्था गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

बजेटमा रुकुम पूर्वलाई उपेक्षा गरियो, मन्त्रीहरु देशको नभएर जिल्लाको जस्तो देखिनु दुखद्ः सांसद रोका

काठमाडाैं । प्रतिनिधिसभा सदस्य कमला रोकाले बजेट न्यायपूर्ण हुन नसक्दा संघीयताको भाव र मर्मलाई समेट्न नसकेको जनाएकी छन् ।  प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रोकाले मन्त्रीहरु...

रुकुम घटना जातीय नरसंहारः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र

काठमाडाैं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले रुकुम पश्चिम घटनालाई जातीय नरसंहारको संज्ञा दिएको छ ।  प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पुगेका नवराज विकसहित ६ जनाको...

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमित पुगे ३२ सय ३५

काठमाडाैं । नेपालमा आज ३२३ जना कोरोना संक्रमित थपिएका छन् ।  आज थपिएका संक्रमितमध्ये २८६ पुरुष ३७ महिला रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

कोरोनाका कारण डोल्पामा एकजनाको मृत्यु, कर्णाली प्रदेशमा ३ पुग्यो मृत्यु

डोल्पा । जिल्लाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ का एक पुरुषको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ । जगदुल्लाका ५८ वर्षीय पुरुषको कोरोनाका...

कोरोना भाइरसबाट विश्वमा करिब ४ लाखको मृत्यु, ६८ लाख ५० हजार भन्दा बढी संक्रमित

जेनेभा । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख ५१...