नेपाली समय: ०२:०४:०२ बिहान
वि.सं २०७७ जेठ २५   आइतबार

आफ्नो सस्तो लोकप्रियताका लागि त्यस्तो गैर राजनैतिक कार्य नगर्न अनेरास्ववियू नेता संजेलको आग्रह 

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ चैत्र २६)
News Title

काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) विश्वभर माहारीको रुपमा फैलिएको छ । 

संक्रमणले आक्रान्त भएको बेला सम्पुर्ण फटकशिलावासीलाई  यस महामारीसंग जुध्न थोरै भएपनि राहत होस भन्ने उद्देश्यका साथ आफ्नै निजि सहयोगमा यसै वडाका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला कमिटी सदस्य क. देवेन्द्र घोरासैनीद्वारा यहि मिति २०७६-१२-१० गतेको दिन केही थान मास्कका साथै साबुन वितरण गरिएको छ । 

यस विषयलाई आधार बनाई यसै मेनपा-१३ बस्ने राप्रपा वडा पार्टी अध्यक्ष विदुर प्रसाद घोरासैनीको नामबाट सामाजिक संजालमा समग्र पार्टीलाई लक्षित गरि अनर्गल तथा असभ्य भाषामा गाली गलौज गरिएको छ । उक्त विषयमा जुन विना आधार, तथ्य र प्रमाणमा आरोप लगाएको र आफ्नो सस्तो लोकप्रियताका लागि त्यस्तो गैर राजनैतिक कार्य नगर्न अनेरास्ववियू सिन्धुपाल्चोक जिल्ला नेता निश्चल संजेलद्वारा आग्रह गरेका छन ।

त्यसका साथै यस महामारी कोरोना(कोभिड-१९) को लागि प्राप्त हुने भनिएको जे जति रकम वा विभिन्न स्वास्थ्य सम्बन्धी सामाग्रीहरु छन, ती रकम वा सामाग्रीहरु प्राप्त भएपश्चात गरिने विनियोजन पनि एक्दमै पारदर्शी तथा समस्त फटकशिलावासीहरुमा सार्वजनिक पनि गरिने जनाइएको छ ।

अन्त्यमा मुलुक कोरोना भाइरस(कोभिड-१९) को संक्रमणमा गुज्रिरहेको छ । संक्रमण रोक्न मुलुकभर लकडाउन भइरहेको छ । यो विषम परिस्थितिमा आ-आफू सुरक्षित रहि आफ्नो कारणले अरुलाई समेत सुरक्षित बनाउन सम्पुर्ण नेपाली नागरिकहरुलाई अपिल गरेका छन ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

बजेटमा रुकुम पूर्वलाई उपेक्षा गरियो, मन्त्रीहरु देशको नभएर जिल्लाको जस्तो देखिनु दुखद्ः सांसद रोका

काठमाडाैं । प्रतिनिधिसभा सदस्य कमला रोकाले बजेट न्यायपूर्ण हुन नसक्दा संघीयताको भाव र मर्मलाई समेट्न नसकेको जनाएकी छन् ।  प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रोकाले मन्त्रीहरु...

रुकुम घटना जातीय नरसंहारः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र

काठमाडाैं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले रुकुम पश्चिम घटनालाई जातीय नरसंहारको संज्ञा दिएको छ ।  प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पुगेका नवराज विकसहित ६ जनाको...

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमित पुगे ३२ सय ३५

काठमाडाैं । नेपालमा आज ३२३ जना कोरोना संक्रमित थपिएका छन् ।  आज थपिएका संक्रमितमध्ये २८६ पुरुष ३७ महिला रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

कोरोनाका कारण डोल्पामा एकजनाको मृत्यु, कर्णाली प्रदेशमा ३ पुग्यो मृत्यु

डोल्पा । जिल्लाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ का एक पुरुषको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ । जगदुल्लाका ५८ वर्षीय पुरुषको कोरोनाका...

कोरोना भाइरसबाट विश्वमा करिब ४ लाखको मृत्यु, ६८ लाख ५० हजार भन्दा बढी संक्रमित

जेनेभा । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख ५१...