नेपाली समय: १२:५९:१५ am
वि.सं २०७७ जेठ २५   आइतबार

पाँचौँ एनभीए राष्ट्रिय भलिबल स्थगित

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ बैशाख ७)
News Title

काठमाडौं । नेपाल भलिबल सङ्घले यही वैशाख अन्तिम साता आयोजना गर्ने भनिएको पाँचौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगन गरेको छ । कोरोना भाइरसको महामारीका कारण उक्त प्रतियोगिता स्थगन गरिएको हो । 

प्रतियोगिताको नयाँ मिति कोरोना भाइरसको महामारीको अवस्था साम्य भएपछि निर्णय गरिने नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले बताए । यसअघि सो लिग वैशाख २५ देखि जेठ १ गतेसम्म हुने तय गरिएको थियो । “अहिलेको अवस्थामा कुनै पनि प्रतियोगिता गर्न सकिने अवस्था छैन”, महासचिव चन्दले भने, “पछि सङ्घको बैठकबाट प्रतियोगिताको छिनोफानो गछौँ ।” 

पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका आठ पुरुष तथा छ महिला टोलीले पाँचौं एनभीए राष्ट्रिय भलिबल क्लब लिगमा प्रतिस्पर्धा गर्ने तय भएको थियो । “कोरोना भाइरसका कारण सङ्घको खेल तालिका नै परिवर्तन गर्नुपर्ने अवस्था आयो”, उनले भने । 
 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

बजेटमा रुकुम पूर्वलाई उपेक्षा गरियो, मन्त्रीहरु देशको नभएर जिल्लाको जस्तो देखिनु दुखद्ः सांसद रोका

काठमाडाैं । प्रतिनिधिसभा सदस्य कमला रोकाले बजेट न्यायपूर्ण हुन नसक्दा संघीयताको भाव र मर्मलाई समेट्न नसकेको जनाएकी छन् ।  प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रोकाले मन्त्रीहरु...

रुकुम घटना जातीय नरसंहारः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र

काठमाडाैं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले रुकुम पश्चिम घटनालाई जातीय नरसंहारको संज्ञा दिएको छ ।  प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पुगेका नवराज विकसहित ६ जनाको...

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमित पुगे ३२ सय ३५

काठमाडाैं । नेपालमा आज ३२३ जना कोरोना संक्रमित थपिएका छन् ।  आज थपिएका संक्रमितमध्ये २८६ पुरुष ३७ महिला रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

कोरोनाका कारण डोल्पामा एकजनाको मृत्यु, कर्णाली प्रदेशमा ३ पुग्यो मृत्यु

डोल्पा । जिल्लाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ का एक पुरुषको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ । जगदुल्लाका ५८ वर्षीय पुरुषको कोरोनाका...

कोरोना भाइरसबाट विश्वमा करिब ४ लाखको मृत्यु, ६८ लाख ५० हजार भन्दा बढी संक्रमित

जेनेभा । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख ५१...