नेपाली समय: ०२:२७:४२ बिहान
वि.सं २०७७ जेठ २५   आइतबार

ओलम्पियन हरिबहादुर रोकायाः ‘अब बाहिरबाट ह्वारह्वारती आउन थाले’

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ बैशाख १५)
News Title

काठमाडौं । ओलम्पियन एवं एथलेटिक्स प्रशिक्षक हरिबहादुर रोकायालाई लकडाउनको एक महिनासम्म खासै चिन्ता लागेन । जुम्ला सदरमुकाम खलङ्गामा उनी नियमितरूपमा व्यायाम गर्दै आएका छन । खेलाडीलाई पनि व्यायाम गराउँदै आएका छन । रोकायाले लकडाउनको ख्याल गर्दै बिहानको समयमा व्यायाम गराउँदै आएका हुन ।  

अब भने प्रशिक्षक रोकायालाई कोरोना भाइरस सङ्क्रमणको खतरा आभास हुन थालेको छ । उनी भन्छन, “अब खतरा बढ्यो, बाहिरबाट मान्छे गाउँमा ह्वारह्वारती आउन थाले ।” बाहिरबाट नयाँ मान्छे कोही नआउँदासम्म गाउँमा कोरोना भाइरस भित्रिन नसक्ने रोकायाको बुझाइ छ । एक सातायता जिल्लाभर बाहिरबाट सर्वसाधारण आउने क्रम ह्वात्तै बढेको उनले बताए । “अहिलेसम्म त सुरक्षित नै थियौँ, अब खतरा बढ्यो”, जुम्लाको खङ्गाबाट रोकायाले फोनमा भने । देशका विभिन्न ठाउँ तथा भारतबाट घर फर्कनेको सङ्ख्या बढेकामा उनी चिन्तित छन । अहिलेसम्म ढुक्कसित व्यायाम गर्दै आएकामा अब भने यसबारे उनलाई सोच्न बाध्य बनाएको छ । 

गाउँमा बाहिरबाट सोझै नयाँ व्यक्तिलाई आउन दिन नहुने ओलम्पियन रोकायाको धारणा छ । यसरी नयाँ व्यक्तिसँगै कोरोना भाइरस पनि भित्रिने उनको बुझाइ छ । “गाउँमा ढुक्कसित बसेकालाई समस्या भयो, अहिलेसम्म राम्रैसित दिन बितेका थिए, अब भन्न सकिन्न”, उनले भने । भारतबाट घर फर्कनेलाई सीमामै क्वारेन्टाइनमा राख्नुपर्ने रोकाया बताउछन । सीमामा आएर अलपत्र परेकालाई नेपाल भित्र्याउनु पर्ने तर क्वारेन्टाइनमा राखी अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्नेमा उनले जोड दिए । सीमाको क्वारेन्टाइन सकिएपछि गाउँमा यत्रतत्र जानबाट रोक्नुपर्ने उनको सुझाव छ ।

अहिले काठमाडौं तथा देशका अन्य ठाउँबाट सर्वसाधारण धमाधम घर फर्कन लागेका छन् । गाउँपालिका र नगरपालिकाका प्रतिनिधिबीच होडबाजी नै चलेको छ । यसरी घर फर्केकाहरु गाउँको क्वारेन्टाइनमा बस्न मानेका छैनन् । उनीहरु घुमघाममा ब्यस्त छन् । ओलम्पियन रोकाया यसलाई अबको खतराको सूचक मान्छन । “सरकारले घोषणा गरेको लकडाउनको सबैले पालना गर्नुपर्छ”, उनले भने । गाउँमा नयाँ मान्छे आए नआएको रोकायाले आफ्ना खेलाडीबाट जानकारी लिन बिर्सनु हुन्न । “नयाँ व्यक्ति आए क्वारेन्टाइनमा अनिवार्य राख्न लगाउन खेलाडीलाई भन्दै आएको छु”, रोकायाले भने । खेलाडीलाई सकभर घरमै व्यायाम गर्नका लागि उनको सल्लाह रहने गरेको छ । “घरमा बस्दा बस्दा दिक्क भयो भन्दै बिहान केही बेर खुला ठाउँमा व्यायाम गर्न आउने गरेका छन्”, उनले भने, “पहिला जस्तो अभ्यास गरेका छैनौँ, खेलका लागि तयारी अवस्थामा राख्न व्यायाममा जोड दिएका छौँ ।” 

रोकाया वर्षभरि प्रशिक्षणमै व्यस्त रहने प्रशिक्षक हुन् । उहाँ कहिल्यै त्यत्तिक्कै बस्नुहुन्न । हत्तपत्त जुम्ला छाड्नुहुन्न । छोडी हाले पनि आफ्नो नियमित व्यायाम भने गरिरहन्छन । खेलाडी सधैँ उनको सम्पर्कमा रहन्छन् । लकडाउनपछि भने रोकायाको दिनचर्या अलिक फेरिएको छ । बिहानको बाहेक अन्य समय उनी खेतबारीमै बिताउछन । “दिनमा कोही पनि सकभर सुत्न हुन्न”, रोकाया भन्छन, “करेसाबारीमा काम गरेर भए पनि आफुलाई फुर्तिलो बनाउनु पर्छ ।” केही समय घरछेउमै सञ्चालन गरिएको मिलका लागि खर्चिन्छन । कर्णाली स्पोर्ट्स क्लबका सदस्यहरुले मिलेर उक्त मिल सञ्चाल गरेका हुन् । त्यहाँ सातु र धान कुटानी पिसानी गरिन्छ । “यो काम पनि दूरी कायम गर्दै आएका छौँ”, रोकायाले भने । यसबाट सङ्कलन भएको रकम खेलाडीका लागि खर्च गरिन्छ । क्लबको आफ्नै चार कोठे भवन छ । जहाँ खेलाडीलाई बस्ने खाने व्यवस्था गरिएको छ । अहिले लकडाउनका कारण रोकायाले यहाँ बस्दै आएकालाई घर पठाएका छन । 

कीर्तिमानी धावक रोकायाले सन् १९८८ मा दक्षिण कोरियाको सोल र सन् १९९२ मा स्पेनको बार्सिलोनामा सम्पन्न ओलम्पिकमा नेपालबाट भाग लिएका हुन । उनी २०५२ सालदेखि भने जुम्लामा एथलेटिक्स प्रशिक्षकका रुपमा कार्यरत छन । लकडाउनअघि उनले सात वर्षदेखि २२ वर्ष उमेरका झण्डै ४५ खेलाडीलाई अभ्यास गराउँदै आएका थिए । हाल श्रीमतीका साथ बस्दै आएका उनका जेठो छोरो यज्ञबहादुर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक छन भने कान्छो छोरो हिक्मतबहादुर श्री एयरलाइन्समा पाइलट छन । “घरमा लकडाउनको पूर्ण पालन गरेको छु, कोही पनि नयाँ व्यक्ति घरमा आउजाउ गर्न दिएको छैन”, रोकायाले भने । लकडाउनको पालना गरे कोरोना भाइरसको महामारीबाट जोगिन सकिनेमा उनी विश्वस्त छन । 
 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

बजेटमा रुकुम पूर्वलाई उपेक्षा गरियो, मन्त्रीहरु देशको नभएर जिल्लाको जस्तो देखिनु दुखद्ः सांसद रोका

काठमाडाैं । प्रतिनिधिसभा सदस्य कमला रोकाले बजेट न्यायपूर्ण हुन नसक्दा संघीयताको भाव र मर्मलाई समेट्न नसकेको जनाएकी छन् ।  प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रोकाले मन्त्रीहरु...

रुकुम घटना जातीय नरसंहारः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र

काठमाडाैं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले रुकुम पश्चिम घटनालाई जातीय नरसंहारको संज्ञा दिएको छ ।  प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पुगेका नवराज विकसहित ६ जनाको...

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमित पुगे ३२ सय ३५

काठमाडाैं । नेपालमा आज ३२३ जना कोरोना संक्रमित थपिएका छन् ।  आज थपिएका संक्रमितमध्ये २८६ पुरुष ३७ महिला रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

कोरोनाका कारण डोल्पामा एकजनाको मृत्यु, कर्णाली प्रदेशमा ३ पुग्यो मृत्यु

डोल्पा । जिल्लाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ का एक पुरुषको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ । जगदुल्लाका ५८ वर्षीय पुरुषको कोरोनाका...

कोरोना भाइरसबाट विश्वमा करिब ४ लाखको मृत्यु, ६८ लाख ५० हजार भन्दा बढी संक्रमित

जेनेभा । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख ५१...