नेपाली समय: ०३:०६:१८ बिहान
वि.सं २०७७ जेठ २५   आइतबार

राहत प्याकेटमा पैसा राखेर बाँडेको कुरा गलत होः खान

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ बैशाख २२)
News Title

काठमाडाैं । बलिउडका चर्चित कलाकार आमिर खानले कोरोना भाइरसका कारण समस्यामा परेकालाई राहत प्याकेटमा पैसा राखेर नदिएको प्रष्ट पारेका छन् । 

गएको अप्रिल २३ मा अभिनेता खानले लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत प्याकेटमा  १ केजी गहुँको प्याकेटमा १५ हजार भारतीय रुपैया राखेर राहत दिएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

खानले एक केजी गहुँको पिठो राहत लिन ट्रक पठाएको र जो साँच्चिकै राहतको आशामा बसेका थिए उनीहरु आएर राहत लिएको जनाइएको थियो । तर, घरमा पुगेर राहत प्याकेट खोल्दा भारतीय १५ हजार रुपैयाँ समेत रहेको भन्दै उनको तारिफ गरिएको थियो । 

खानले फेसबुकमा लेखेका छन्, ‘म त्यो मानिस होइन, जसले पिठोको प्याकेटमा पैसा राखेर बाँडेको थियो । यो कि त पूर्ण रुपमा झुट खबर हो, कि रविन हुड आफूलाई सार्वजनिक गर्न चाहँदैन । धेरै धेरै माया छ ।’

खानले गरिबलाई राहत दिँदा अपनाएको शैली अत्यन्तै रचनात्मक रहेको भन्दै यसको चाैतर्फि तारिफ भएको थियो ।

https://www.facebook.com/aamirkhan.com/posts/10157487949017799

 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

बजेटमा रुकुम पूर्वलाई उपेक्षा गरियो, मन्त्रीहरु देशको नभएर जिल्लाको जस्तो देखिनु दुखद्ः सांसद रोका

काठमाडाैं । प्रतिनिधिसभा सदस्य कमला रोकाले बजेट न्यायपूर्ण हुन नसक्दा संघीयताको भाव र मर्मलाई समेट्न नसकेको जनाएकी छन् ।  प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रोकाले मन्त्रीहरु...

रुकुम घटना जातीय नरसंहारः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र

काठमाडाैं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले रुकुम पश्चिम घटनालाई जातीय नरसंहारको संज्ञा दिएको छ ।  प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पुगेका नवराज विकसहित ६ जनाको...

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमित पुगे ३२ सय ३५

काठमाडाैं । नेपालमा आज ३२३ जना कोरोना संक्रमित थपिएका छन् ।  आज थपिएका संक्रमितमध्ये २८६ पुरुष ३७ महिला रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

कोरोनाका कारण डोल्पामा एकजनाको मृत्यु, कर्णाली प्रदेशमा ३ पुग्यो मृत्यु

डोल्पा । जिल्लाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ का एक पुरुषको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ । जगदुल्लाका ५८ वर्षीय पुरुषको कोरोनाका...

कोरोना भाइरसबाट विश्वमा करिब ४ लाखको मृत्यु, ६८ लाख ५० हजार भन्दा बढी संक्रमित

जेनेभा । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख ५१...