नेपाली समय: ०२:२६:३२ अपरान्ह
वि.सं २०७७ जेठ २३   शुक्रवार

प्रदेश १ संसदीय दलका उपनेता टंक आङ्बुहाङ, मुख्यमन्त्रीको दाबेदार

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ बैशाख २६)
News Title

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् प्रदेश १ संसदीय दलका उपनेता टङ्क आङ्बुहाङले प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने अवस्था आएमा आफ्नो दावी रहने बताएका छन् ।

दलको उपनेताको हैसियतले प्रदेश सरकारको नेतृत्वको दावी स्वाभाविक हुने बताउँदै आङ्बुहाङले पार्टीको पद्धति र संस्थागत निर्णयलाई भने आफूले मान्ने बताए ।

शुक्रबार समसामयिक राजनीतिक अवस्था र आगलागी लगायत ताप्लेजुङका घटनाक्रमका बारेमा सस्थानीय सञ्चारकर्मी भेटघाट गर्दै प्रदेशसभा सदस्य आङ्बुहाङले अहिलेको नेकपा भित्रको विवाद पार्टी बिभाजन उन्मुख नरहेको दावी गरे । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली नेतृत्वको सङ्घीय सरकारले दुईवटा अध्यादेश ल्याएसँगै नेकपाभित्र अहिले केही विवाद र तरङ्ग आएपनि त्यो बिस्तारै हल हुँदै जाने उनको भनाइ छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र दुवैले टुटफुट र विभाजनको सामना गरेरै आएको बताउँदै ऐतिहासिक एकतामार्फत एउटै कम्युनिष्ट पार्टी निर्माणको अभियान सुरु भएकोले सानातिना आन्तरिक समस्या आउनु स्वाभाविक भएको उनले बताए । यतिबेला पाटीभित्र आन्तरिक असझदारी हुँदै गर्दा कसैले नेकपा बिभाजन उन्मुख हुँदै गयो भन्नु गलत हुने उनको तर्क छ । उनले जिम्मेवारी र शक्ति बाँडफाँडसँगै संस्थागत कमजोरीलाई सुधारेर नेकपा अझ मजबुत बन्ने जानेमा आफू विस्वस्त रहेको पनि बताए ।

यता नेकपाभित्रको अहिलेको तरङ्गसँगै प्रदेश सरकारको नेतृत्व परिवर्तन सम्मका चर्चाहरु आइरहेका छन् । सोही चर्चाको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रदेश सरकारको नेतृत्व परिवर्तनका अवस्था आएमा आङ्बुहाङले आफ्नो दावी रहने बताएका हुन ।

उनले ताप्लेजुङका अग्नि पीडितहरुका लागि राहात तथा पुनःस्थापनाका पहलका लागि आफूले कहीँ पनि कमी हुन नदिने बताए । उनले सङ्घ, प्रदेश र स्थानीय तीनै तहको सरकारसँग समन्वय गरेर अग्निपीडितको पुनःस्थापनाका लागि पहले गर्ने बताए ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 40%
  • खुसी

  • 26.67%
  • अचम्मित

  • 6.67%
  • दुःखी

  • 6.67%
  • यस्तै हो

  • 20%
  • आक्रोशित

ताजा समाचार

रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा दलहरुसँग छलफल गरेर समिति सदस्य टुंगो लगाउनेगरि...

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ...

विदेशबाट उद्धार गरिएकालाई राख्न ‘होल्डिङ सेन्टर’

काठमाडौं । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् ।  विदशेबाट आएर सम्बन्धित...

प्रदेश १ बाट ३० सङ्क्रमित घर फिर्ता

विराटनगर । प्रदेश नं १ बाट ३० कोभिड–१९ सङ्क्रमित निको भइ घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ २७ र बिपी...

ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने

काठमाडौं । बन्दाबन्दीको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ । मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्री वितरण तथा...