नेपाली समय: ०२:५०:३६ अपरान्ह
वि.सं २०७७ जेठ २३   शुक्रवार

छाङ्गरु र तिङ्करमा सशस्त्र प्रहरीसँगै जनपद प्रहरीको संयुक्त टोली

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ २)
News Title

दार्चुला । सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि शुक्रबार व्यासको छाङ्गरु र तिङ्कर चौकी गएका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रहरीका दुवै चौकीका प्रहरी जवान ती स्थानमा गएका हुन् ।

प्रहरी नायब निरीक्षक हर्कसिंह महताको नेतृत्वमा नौ जनाको टोली तिङ्करको छियालेक र प्रहरी सहायक निरीक्षक देवदत्त भट्ट नेतृत्वमा सीतापुलमा नौ जनाको टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

व्यासको छाङ्गरुको सीतापुल र तिङ्करको छियालेकमा बस्दै आएका प्रहरी गत मङ्सिर महिनामा चिसो छल्न व्यास गाउँपालिका वडा नं २ को दुम्लिङ झरेको थियो । दुवै चौकीका प्रहरी सम्बन्धित चौकीमा पुगेका छन् ।  व्यासको चीन ताक्लाकोट नजिकै रहेको छियालेक प्रहरी चौकी विसं २०२४ र छाङ्गरुको सीतापुल प्रहरी चौकी विसं २०२७ मा स्थापना भएका हुन् ।  अहिले दुवै प्रहरी चौकीका भवन जीर्ण अवस्थामा छन् । जीर्ण भवनमा त्रिपाल राखेर बास बस्नुपर्ने बाध्यता रहेको जनाइएको छ । 

सो गाउँपालिका वडा नं १ का दुई गाउँ छाङ्गरु र तिङ्करमा विगत लामो समयदेखि  प्रहरीको मात्र छ महिना उपस्थिति हुँदै आएको छ ।  हालसम्म उनीहरुका लागि पक्की भवन निर्माण हुनसकेको छैन । भवन नहुँदा गत वर्षदेखि प्रहरीले त्रिपालको भरमा बस्तीको संरक्षणमा खटिएका थिए । 
 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं ।अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको...

खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिन

काठमाडौं । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा...

रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा दलहरुसँग छलफल गरेर समिति सदस्य टुंगो लगाउनेगरि...

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ...

विदेशबाट उद्धार गरिएकालाई राख्न ‘होल्डिङ सेन्टर’

काठमाडौं । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् ।  विदशेबाट आएर सम्बन्धित...