नेपाली समय: ०१:५२:०१ बिहान
वि.सं २०७७ जेठ २५   आइतबार

पार्टीलाई भावनात्मकरूपमा एकताबद्ध बनाउनु मुख्य कार्यभारः इन्चार्ज गुरुङ

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ ३)
News Title

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश कमिटीका इन्चार्ज एवं प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीलाई वैचारिक, सैद्धान्तिक, राजनीतिक, साङ्गठनिक एवं भावनात्मकरूपमा अझै एकताबद्ध बनाउनु मुख्य कार्यभार रहेको बताएका छन ।

२७औँ मदन–आश्रित दिवस एवं दोस्रो पार्टी एकता दिवसका अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले तत्कालीन नेकपा (एमाले) र (माओवादी केन्द्र)का बीचको एकतापछि नेपालको कम्युनिष्ट आन्दोलनले देशभित्र मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनमा समेत नयाँ पहिचान र उचाइ स्थापित गर्न सफल भएको उल्लेख गरेका छन ।

नेपालको कम्युनिष्ट आन्दोलनले आफ्नो निर्दिष्ट लक्ष्यमा सफल भइ विश्व कम्युनिष्ट आन्दोलनलाई समेत दिशानिर्देश गर्न सक्नुपर्नेमा उनले जोड दिए । “सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवाद विरोधी जनताको जनवादी व्यवस्थालाई सुदृढ पार्दै नेपाललाई २१औँ शताब्दीको पहिलो समाजवादी मुलुकका रूपमा स्थापित गर्नका लागि बलियो आधार तयार पार्न पार्टीलाई अभेद्य एकता र फलामे अनुशासनका साथ अघि बढाउँदै निष्ठा र धैर्यतापूर्वक लाग्न आजको यस दिनले हामी सबैलाई थप प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु”, सन्देशमा भनिएको छ ।

मानव जातीको अस्तित्वका लागि चुनौती बनेर आएको कोभिड–१९ विरुद्धको जारी लडाइँमा पूर्ण सफलता प्राप्त गर्न र यस सङ्कटको बेलामा अझ दृढतापूर्वक जुट्नसमेत थप प्रेरणा प्राप्त होस् भन्ने कामना इन्चार्ज गुुरुङले गरेका छन ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

बजेटमा रुकुम पूर्वलाई उपेक्षा गरियो, मन्त्रीहरु देशको नभएर जिल्लाको जस्तो देखिनु दुखद्ः सांसद रोका

काठमाडाैं । प्रतिनिधिसभा सदस्य कमला रोकाले बजेट न्यायपूर्ण हुन नसक्दा संघीयताको भाव र मर्मलाई समेट्न नसकेको जनाएकी छन् ।  प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रोकाले मन्त्रीहरु...

रुकुम घटना जातीय नरसंहारः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र

काठमाडाैं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले रुकुम पश्चिम घटनालाई जातीय नरसंहारको संज्ञा दिएको छ ।  प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पुगेका नवराज विकसहित ६ जनाको...

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमित पुगे ३२ सय ३५

काठमाडाैं । नेपालमा आज ३२३ जना कोरोना संक्रमित थपिएका छन् ।  आज थपिएका संक्रमितमध्ये २८६ पुरुष ३७ महिला रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

कोरोनाका कारण डोल्पामा एकजनाको मृत्यु, कर्णाली प्रदेशमा ३ पुग्यो मृत्यु

डोल्पा । जिल्लाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ का एक पुरुषको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ । जगदुल्लाका ५८ वर्षीय पुरुषको कोरोनाका...

कोरोना भाइरसबाट विश्वमा करिब ४ लाखको मृत्यु, ६८ लाख ५० हजार भन्दा बढी संक्रमित

जेनेभा । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख ५१...