नेपाली समय: ०२:४६:५४ अपरान्ह
वि.सं २०७७ जेठ २३   शुक्रवार

कोरोना संक्रमित गाउँ नै सिल, २१ जनाको स्वाब सङ्कलन

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ ५)
News Title

सर्लाही । जिल्लाको रामनगर गाउँपालिकामा एक जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएपछि गाउँपालिका–४ बहुअर्वाका विद्यालयको क्वारेन्टाइनमा रहेका २१ जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । 

बहुअर्वाकी एक १८ वर्षीया युवतीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रशासनले पूरै गाउँ नै सिल गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । एक महिने बालकसहित युवतीको परिवारको सबै सदस्यलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । 

योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन पुगेको छ । काठमाडौंको जडीबुटी चोकमा सङ्क्रमित युवतीको परिवार विगत केही वर्षदेखि फर्निचर उद्योग खोलेर व्यवसाय गर्दै आएको र सङ्क्रमित युवती काठमाडौंमै अध्ययनरत रहेको प्रजिअ जिसीले बताउए। सङ्क्रमित युवती वैशाख २२ गते गाउँबाट काठमाडौं गएकी हुन् । 

“लकडाउन हुनुभन्दा अघि नै होली पर्वमा ती युवती काठमाडौंबाट गाउँमा आएकी थिइन् ।” दुई वटा मोटरसाइकलमा उनी आफ्नो दुई भाइ बहिनीका साथ काठमाडौं गएकी बताइएको छ । दुईवटा मोटरसाइकलमा चार जना काठमाडौं गएको भए पनि एक जना युवतीमा मात्र कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि सर्लाहीमा कोरोना संक्रमितको सङ्ख्या तीन पुगेको हो । यसअघि धनकौलका एक १४ वर्षे किशोरमा र हरिपुर्वाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं ।अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको...

खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिन

काठमाडौं । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा...

रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा दलहरुसँग छलफल गरेर समिति सदस्य टुंगो लगाउनेगरि...

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ...

विदेशबाट उद्धार गरिएकालाई राख्न ‘होल्डिङ सेन्टर’

काठमाडौं । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् ।  विदशेबाट आएर सम्बन्धित...