नेपाली समय: ०२:५९:११ अपरान्ह
वि.सं २०७७ जेठ २३   शुक्रवार

बन्दाबन्दीमा कास्कीबाट बाहिरिए ४९ हजार

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ ५)
News Title

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले बन्दाबन्दीका समयमा जिल्लाबाट ४८ हजार ८१७ जना बाहिरिएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

 जिल्ला प्रहरी कार्यालयले भर्चुअल पत्रकार सम्मेलन गरेर गत चैत ११ देखि वैशख ३१ सम्म जिल्लामा  ३२ हजार ६२४ मानिस बाहिरबाट आएको तथा सानाठूला  १२ हजार ७१८ सवारी साधन भित्रिएको र कास्कीबाट १४ हजार ५१५ सवारी जिल्ला बाहिरिएको तथ्याङ्क रहेको छ । 

सो समयमा पासको दुरुपयोग गर्ने २७३ जनालाई कास्की प्रहरीले कारवाही गरिएको जनाएको छ । त्यस्तै सवारी चालक अनुमतिपत्र नलिएका, म्याद सकिएको पास प्रयोग गरेका, अर्कै व्यक्तिको सवारी पास प्रयोग गरेका, एउटा सवारी साधनको पास लिएर अर्को सवारी साधन चलाएका, तोकिएको स्थानभन्दा अर्कै स्थानमा सवारी चलाएका र क्षमताभन्दा बढी यात्रु बोक्ने र प्रयोजन विपरीत सवारी चलाउनेहरु कारवाहीमा परेको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । 

गण्डकी प्रदेश सरकारले गत वैशाख दोस्रो सातादेखि निर्माणलाई सहज बनाउने निर्णय गरेपछि पोखरामा बन्दाबन्दी केही खुकुलो देखिएको थियो । देशमा कोरोनाको सङ्क्रमण दर बढ्न थालेपछि कास्की प्रशासनले वैशाख ३१  अघिका पास खारेज गरेर बन्दाबन्दीलाई कडाइ गरेको छ । यस अवधिमा अपराधसम्बन्धी  ८५ मुद्दा दर्ता भएका छन् । गत चैतमा मात्र ६७ मुद्दा दर्ता भएका छन् ।  बैंकिङ कसुरका १० मुद्दा परेका छन् । वैशाखमा मात्रै कास्कीमा १० जनाले  आत्महत्या गरेको जनाइएको छ ।
 
 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं ।अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको...

खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिन

काठमाडौं । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा...

रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा दलहरुसँग छलफल गरेर समिति सदस्य टुंगो लगाउनेगरि...

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ...

विदेशबाट उद्धार गरिएकालाई राख्न ‘होल्डिङ सेन्टर’

काठमाडौं । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् ।  विदशेबाट आएर सम्बन्धित...