नेपाली समय: ०४:१५:४९ अपरान्ह
वि.सं २०७७ जेठ २३   शुक्रवार

सीमापारि आमाबुबा बितेको खबर, आउन नदिएपछि क्वारेन्टाइनमै किरिया

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ ५)
News Title

बैतडी । हिउँदमा मजदुरीका लागि भारत छिरेका बैतडीको सुर्नया गाउँपालिका– ३ का राजेन्द्रप्रसाद भट्ट र तारा भट्ट कोरोना भाइरसको त्रास बढेपछि घर फर्कन सीमावर्ती क्षेत्र झुलाघाट आए । 

उनीहरु सीमामा आउँदा नेपाल प्रवेश नाका बन्द भइसकेको थियो । त्यसपछि दुबै जना झुलाघाटस्थित जिआइसी क्वारेन्टाइनमा बसे । स्वदेशको साँधमै अड्किएका दुबै जनाले घरमा फोन गरी पिर नमान्नु भन्दै जानकारी गराएका थिए । घर फर्कने आशामा बसेका दुबै जना अचानक बुबा बितेको खबर पाएपछि बेहोसझैं बने । 

बुबाको अन्तिम संस्कारमा जान उनीहरु हारगुहार गरेका थिए । तर, नेपाल प्रवेश गर्न सहज नहुँदा प्रवासको शिविरमै दुबै जना सेतो कपडामा किरियामा बसेका छन् । बुबाको दाहसंस्कारमा त उपस्थित हुन पाएनन् नै नेपाल प्रवेशको अनुमति नपाएपछि क्वारेन्टाइनमै किरिया बसेका छन् । भट्टद्वयका बुबा देवदत्त भट्टको गत वैशाख ३१ गते स्वर्गारोहण भएको थियो ।    

यस्तै पुर्चौडी नगरपालिका– ७ का ठगी साउदकी आमा भुरी साउदको पनि यही जेठ १ मृत्यु भएको भए पनि नाका सिल हुँदा उनी झुलाघाटमै किरिया गरिरहेका छन् । यसका साथै सिगास गाउँपालिका– ९ का कृष्णसिंह धाँमीकी श्रीमती कलावती धाँमी गत वैशाख ३० गते बितेकी भए पनि कृष्णले पनि स्वदेश फर्कन पाएका छैनन् । स्वदेश फिर्ताका लागि सम्बन्धित सबैलाई आग्रह गरेका उनीहरुले झुलाघाटस्थित जिआइसी क्वारेन्टाइनमा किरिया गरिरहेका भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए ।  

यता बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले उनीहरुलाई नेपालकोतर्फबाट आफूहरु स्वदेश भित्र्याउन तयार रहेको बताउनुभएको छ । “नेपाल सरकारबाट किरियापुत्रीको उद्धारका लागि आदेश आएको भए पनि भारतीय पक्षले ढिलाइ गरिरहेको छ” उनले भने,  “हामीले पिथौरागढको डिएम साबलाई चार दिन अगाडि नै पत्र काटिसकेका छौँ, भारतीय पक्ष सहम हुँदा नाका खोली उनीहरुलाई स्वदेश भित्र्याउँछौँ ।” यसअघि लकडाउनकै बेला वैशाख १० गते पनि बैतडीका तीन किरियापुत्रीको झुलाघाट नाकाबाट उद्धार गरिएको थियो ।  

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

कर्णालीमा थप सय जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा थप एकसय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आज थप सय जनामा कोरोना संक्रमण...

सोती नरसंहार: जातीय भेदभावको पराकाष्टा 

यही २०७७ साल जेठ १० गते साँझ करीब ६ बजेतिर कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्ला, चौरजहारी नगर पालिका वडा नम्बर ८ सोती गाउँमा जातीय भेदभावकै...

विश्व वातावरण दिवस : प्रकृतिले चाहेकै थियो त विश्वभर लकडाउन ?

काठमाडौं । सर्वे भवन्तु सुखिन : सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःखभाग्जन : । अर्थात् निरोगी सबै हुन् सबै हुन् सुखीया, सबै...

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं ।अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको...

खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिन

काठमाडौं । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा...