नेपाली समय: ०२:१९:४८ बिहान
वि.सं २०७७ जेठ २५   आइतबार

१० जनामा कोरोना भेटिएपछि कचनकवलका पाँच वडा सिल

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ ७)
News Title

भद्रपुर । झापाको कचनकवल गाउँपालिकाका १० जना कोरोना सङ्क्रमित भएसँगै पाँच वडा मङ्गलबार सिल गरिएको छ । दक्षिण झापासँग सीमा जोडिएको पालिकाका वडा नं १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए । पालिकामा सात वडा रहेका छन् । 

शनिबार भारतको मुम्बइबाट आएका ३३ जनालाई केचना, पाठामारी र घेराबारीस्थित सीमा क्षेत्रबाट उद्धार गरी वडा नं २ स्थित पथरिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । उनीहरु सबैको पिसीआर परीक्षणका लागि कोशी अञ्चल अस्पताल स्वाब सङ्कलन गरी पठाइएको थियो । 

उनीहरुमध्ये सोमबार साँझ एक २३ वर्षीय युवामा कोराना लागेको पुष्टि भएको थियो भने मङ्गलबार थप नौ जनामा पुष्टि भएको छ । उनीहरुलाई राखिएको क्वारेन्टिनमा समेत सिल गरिएको उनले बताए । सोही पालिकाकाको सीमा क्षेत्रबाट मात्र चार दिनभित्रमा १४६ नेपाल प्रवेश गरेका छन् । सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई सुरक्षित तरिकाले क्वारेन्टिनमा ल्याएर राखिएको हुँदा गाउँबासीमा त्रास नफैलिएको पालिकाका अध्यक्ष अञ्जार आलामले बताए । 

मङ्गलबार पुष्टि भएका नौ जनालाई नेपाल रेडक्रस सोसाइटी झापा र बनियानी स्वास्थ्यचौकीको एम्बुलेन्समार्फत विराटनगरस्थित कोभिड अस्पताल लगिएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलले बताए ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

बजेटमा रुकुम पूर्वलाई उपेक्षा गरियो, मन्त्रीहरु देशको नभएर जिल्लाको जस्तो देखिनु दुखद्ः सांसद रोका

काठमाडाैं । प्रतिनिधिसभा सदस्य कमला रोकाले बजेट न्यायपूर्ण हुन नसक्दा संघीयताको भाव र मर्मलाई समेट्न नसकेको जनाएकी छन् ।  प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रोकाले मन्त्रीहरु...

रुकुम घटना जातीय नरसंहारः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र

काठमाडाैं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले रुकुम पश्चिम घटनालाई जातीय नरसंहारको संज्ञा दिएको छ ।  प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पुगेका नवराज विकसहित ६ जनाको...

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमित पुगे ३२ सय ३५

काठमाडाैं । नेपालमा आज ३२३ जना कोरोना संक्रमित थपिएका छन् ।  आज थपिएका संक्रमितमध्ये २८६ पुरुष ३७ महिला रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

कोरोनाका कारण डोल्पामा एकजनाको मृत्यु, कर्णाली प्रदेशमा ३ पुग्यो मृत्यु

डोल्पा । जिल्लाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ का एक पुरुषको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ । जगदुल्लाका ५८ वर्षीय पुरुषको कोरोनाका...

कोरोना भाइरसबाट विश्वमा करिब ४ लाखको मृत्यु, ६८ लाख ५० हजार भन्दा बढी संक्रमित

जेनेभा । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख ५१...