नेपाली समय: ०२:२५:११ बिहान
वि.सं २०७७ जेठ २५   आइतबार

रुसमा कोरोनाबाट तीन लाख सङ्क्रमित, करिव तीन हजारको मृत्यु

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ ७)
News Title

मस्को । विश्वका शक्तिशाली देशहरुको सूचीमा राखिने रुसमा पनि कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या झण्डै तीन लाख पुगेको छ । अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मात्रै झण्डै आठ हजार ५०० नयाँ सङ्क्रमित थपिएका छन् । 

त्यसैगरी मृत्यु हुनेको संख्या २ हजार ९७२ रहेको  पुगेको छ ।  एकै दिनमा १३५ जनाको मृत्यु भएपछि  कोरोना भाइरसबाट मृत्य हुने व्यक्तिको संख्या लगभग ३ हजार पुगेको अधिकारीहरुले जनाएका छन् । 

देशको राष्ट्रिय कोरोनाभाइरस नियन्त्रण केन्द्रले विरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै बुधबार चिन्ता व्यक्त गरेको छ । 

विश्वमै धेरै सङ्क्रमितहरु रहेको मध्ये दोस्रोमा रुस परेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार धेरै सङ्क्रमितहरु रहेका देशहरुको सूचीमा सवैभन्दा अगाडी अमेरिका रहेको छ । 

अमेरिकामा अहिलेसम्म १४ लाखभन्दा बढी नागरिक कोरनोभाइरसबाट सङ्क्रमित भइसकेका छन् । ती मध्ये आठ हजार ७६४ जना त पछिल्लो २४ घण्टामा थपिएका छन् ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

बजेटमा रुकुम पूर्वलाई उपेक्षा गरियो, मन्त्रीहरु देशको नभएर जिल्लाको जस्तो देखिनु दुखद्ः सांसद रोका

काठमाडाैं । प्रतिनिधिसभा सदस्य कमला रोकाले बजेट न्यायपूर्ण हुन नसक्दा संघीयताको भाव र मर्मलाई समेट्न नसकेको जनाएकी छन् ।  प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रोकाले मन्त्रीहरु...

रुकुम घटना जातीय नरसंहारः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र

काठमाडाैं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले रुकुम पश्चिम घटनालाई जातीय नरसंहारको संज्ञा दिएको छ ।  प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पुगेका नवराज विकसहित ६ जनाको...

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमित पुगे ३२ सय ३५

काठमाडाैं । नेपालमा आज ३२३ जना कोरोना संक्रमित थपिएका छन् ।  आज थपिएका संक्रमितमध्ये २८६ पुरुष ३७ महिला रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

कोरोनाका कारण डोल्पामा एकजनाको मृत्यु, कर्णाली प्रदेशमा ३ पुग्यो मृत्यु

डोल्पा । जिल्लाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ का एक पुरुषको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ । जगदुल्लाका ५८ वर्षीय पुरुषको कोरोनाका...

कोरोना भाइरसबाट विश्वमा करिब ४ लाखको मृत्यु, ६८ लाख ५० हजार भन्दा बढी संक्रमित

जेनेभा । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख ५१...