नेपाली समय: ०२:३७:१३ बिहान
वि.सं २०७७ जेठ २५   आइतबार

कालापानी नेपालको भएको बलियो प्रमाणका कारण भारतीय मिडिया छटपटीपूर्ण भ्रम छर्दैछनः मुख्यमन्त्री पोखरेल

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ ८)
News Title

काठमाडाैं । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लिपुलेक नेपालकै रहेको बलियो प्रमाण भएका कारण भारतीय मिडियामा छटपटी देखिएको जनाएका छन् । 

भारतीय संचार माध्यमले नेपालले जारी गरेको राजनीतिक तथा प्रशासनिक नक्सा चीनको इशारामा भएको तथ्यहीन आधार देखाएर कालापानी नेपालको रहेको दाबीलाई बलियो बनाएको जनाएका हुन् ।

भारतीय संचार माध्यमहरुले आफ्ना जनतालाई गुमराहमा राखेर भ्रम सिर्जना गर्न खोजेको मुख्यमन्री पोखरेलले दाबी गरेका हुन् । 

भारतले चीनलाई पाँच वर्ष पहिले नै चीनलाई उक्त सडक मार्गबाट व्यापार गर्न सहमत गराएको स्मरण गराउदै नेपाली पक्षको दाबी बलियो भएको र नरपालले असहमति जनाएका कारण चीनले दुई राष्ट्रले द्विपक्षिय ढंगबाट वार्ता गरेर समस्या समाधान गर्न सुझाएको उनको जिकिर छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको प्रतिक चिन्हलाई संकेत गर्दै 'सत्यमेव जयते कि सिंहमेव जयते' भन्नु परेको जनाएका हुन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ५ नम्बर प्रदेश इन्चार्ज समेत रहेका मुख्यमन्त्री पोखरेलले भारतीय मिडियाले चीनको इशारामा नेपालले नयाँ नक्सा जारी गरेको भनेर भारतीय जनातालाई गुमराहमा राख्न खोज्नु नै कालापानी नेपालको भूमी भको बलियो आधार रहेको जनाएका हुन् । 

भारतीय संचार माध्यमहरुले अहिले कालापानी लगाएतका भूमी आफ्नो भएको प्रमाणित गर्न भ्रमपूर्ण समाचारहरु प्रकाशन प्रशारण गर्न थालेका छन् ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

बजेटमा रुकुम पूर्वलाई उपेक्षा गरियो, मन्त्रीहरु देशको नभएर जिल्लाको जस्तो देखिनु दुखद्ः सांसद रोका

काठमाडाैं । प्रतिनिधिसभा सदस्य कमला रोकाले बजेट न्यायपूर्ण हुन नसक्दा संघीयताको भाव र मर्मलाई समेट्न नसकेको जनाएकी छन् ।  प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रोकाले मन्त्रीहरु...

रुकुम घटना जातीय नरसंहारः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र

काठमाडाैं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले रुकुम पश्चिम घटनालाई जातीय नरसंहारको संज्ञा दिएको छ ।  प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पुगेका नवराज विकसहित ६ जनाको...

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमित पुगे ३२ सय ३५

काठमाडाैं । नेपालमा आज ३२३ जना कोरोना संक्रमित थपिएका छन् ।  आज थपिएका संक्रमितमध्ये २८६ पुरुष ३७ महिला रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

कोरोनाका कारण डोल्पामा एकजनाको मृत्यु, कर्णाली प्रदेशमा ३ पुग्यो मृत्यु

डोल्पा । जिल्लाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ का एक पुरुषको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ । जगदुल्लाका ५८ वर्षीय पुरुषको कोरोनाका...

कोरोना भाइरसबाट विश्वमा करिब ४ लाखको मृत्यु, ६८ लाख ५० हजार भन्दा बढी संक्रमित

जेनेभा । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख ५१...