नेपाली समय: ०२:१७:११ अपरान्ह
वि.सं २०७७ जेठ २३   शुक्रवार

झगडा मिलाएर कार्यालयतर्फ फर्कने क्रममा प्रहरी इञ्चार्जको मृत्यु

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ ८)
News Title

ताप्लेजुङ । नजिकैको गाउँमा भएको झगडा मिलाएर कार्यालयतर्फ फर्कने क्रममा सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङ प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक बालकुमार राईको बाटैमा निधन भएको छ ।

सिदिङ्वा गाउँपालिकास्थित सुरुम्खिममा भएको झगडा मिलाएर फर्कने क्रममा बाटैमा बिरामी परेका राईको गए राति निधन भएको हो । 

बुधबार दिउँसो झगडा मिलाएर फर्कने क्रममा बीच बाटामा नै अचानक बान्ता भएको र हिँड्न नसक्ने अवस्था भएकाले बाटैमा पर्ने खेवाङस्थित कुमार सार्कीको घरमा रहेका राईको राति निधन भएको वडाध्यक्ष नरेन्द्र तिवारीले जानकारी दिए ।

राईसँग प्रहरीचौकीमा कार्यरत हवल्दार र एक जवानसमेत साथमा थिए । खेवाङ प्रहरी  चौकीमा करिब दुई हप्ताअघि मात्रै इञ्चार्जको जिम्मेवारी सम्हाल्न पुगेका राईको घर भोजपुर रहेको र हाल दमकमा बसोबास रहेको बुझिएको अध्यक्ष तिवारीले बताए । सदरमुकामबाट ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । 
 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा दलहरुसँग छलफल गरेर समिति सदस्य टुंगो लगाउनेगरि...

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ...

विदेशबाट उद्धार गरिएकालाई राख्न ‘होल्डिङ सेन्टर’

काठमाडौं । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् ।  विदशेबाट आएर सम्बन्धित...

प्रदेश १ बाट ३० सङ्क्रमित घर फिर्ता

विराटनगर । प्रदेश नं १ बाट ३० कोभिड–१९ सङ्क्रमित निको भइ घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ २७ र बिपी...

ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने

काठमाडौं । बन्दाबन्दीको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ । मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्री वितरण तथा...