नेपाली समय: ०२:२४:२१ अपरान्ह
वि.सं २०७७ जेठ २३   शुक्रवार

गुल्मी मदानेका कोरोना संक्रमितको निधन

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ ८)
News Title

रुपेन्देही । अस्पतालमा उपचाररत गुल्मी मदाने गाउँपालिका–६  निवासी कोरोना भाइरस संक्रमित ४१ वर्षीय पुरुषको निधन भएको छ ।  उनको रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः१० बजे  निधन भएको प्रदेश नं ५ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पुष्टि गरे । प्रमुख चौधरीका अनुसार टाइफाइड, कमलपित्त र मिर्गौला रोगले ग्रस्त रहेका उनको आठ दिनदेखि भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार गरिएको थियो । 

यसअघि सोमबार र मंगलबार विभिन्न मिडियामा संक्रमितको मृत्यु भएको गलत समाचार सम्प्रेषण भएपछि अस्पतालले विज्ञप्तिमार्फत अवस्था गम्भीर रहेको जानकारी गराएको थियो । बिरामी अस्पताल भर्ना हुँदा नै स्वास्थ्यावस्था गम्भीर रहेकाले बाहिर अनावश्यक हल्ला आएको हुन सक्ने महाशाखा प्रमुख चौधरीले बताए । मदानेबासीका अनुसार बन्दाबन्दी पनि धेरै हिँडडुल गरेका कारण उनीमा कोरोना संक्रमण भएको आशंका गरिएको छ । उनी गत वैशाख ४ गते मालिका गाउँपालिका ६ अर्जैमा एक विवाह कार्यक्रममा गएका थिए ।  यस्तै वैशाख २० गते धुर्कोट गाउँपालिका –७ वाग्लास्थित मानचौर तालमा घुम्न गएका गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले बताए ।

वैशाख २८ गते साँझदेखि टाउको दुख्ने ज्वरो आउने समस्या भएपछि  वैशाख २९ गते उहाँ पुर्कोटस्थित एक पोलिक्लिनिकमा उपचारका लागि गएका थए ।  दुई दिनसम्म औषधि खाई आराम गरेर वैशाख ३१ गते पुनःक्लिनिकमा रगत जाँचका लागि जानुभएका उहाँमा कमलपित्त समस्या देखिएपछि अर्घाखाँचीको सन्धिखर्कस्थित छाया पोलिक्लिनिकमा सिफारिस गरिएको क्लिनिकका सञ्चालक विष्णु भुसालले बताए । त्यहाँ पनि उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि  क्रिमसन अस्पतालमा लगिएको थियो  ।  

जेठ १ गते एम्बुलेन्समार्फत क्रिमसन अस्पतालमा आउनुभएका उहाँको कोरोनाको आशंकामा स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि २ गते प्रदेश प्रयोगशालामा पठाइएको हो । उहाँको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने तीन जना पुगेका छन् । 

सामाजिक विकासमन्त्रीद्वारा दुःख व्यक्त 

सामाजिक विकासमन्त्री सुदर्शन बरालले अस्पतालमा उपचाररत गुल्मी मदानेका कोरोना संक्रमितको निधनप्रति दुःख व्यक्त गरेका छन ।

 मन्त्री बरालले आज शोक विज्ञप्ति जारी गरी अनेकौंँ प्रयास गर्दा पनि उहाँलाई बचाउन नसकिएको जनाउँदै मृतकप्रति  श्रद्धाञ्जति अर्पण गरेका छन ।  एक विद्यालयका प्रधानाध्यापक उहाँको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको जनाउँदै मन्त्री बरालले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन ।
 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा दलहरुसँग छलफल गरेर समिति सदस्य टुंगो लगाउनेगरि...

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ...

विदेशबाट उद्धार गरिएकालाई राख्न ‘होल्डिङ सेन्टर’

काठमाडौं । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् ।  विदशेबाट आएर सम्बन्धित...

प्रदेश १ बाट ३० सङ्क्रमित घर फिर्ता

विराटनगर । प्रदेश नं १ बाट ३० कोभिड–१९ सङ्क्रमित निको भइ घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ २७ र बिपी...

ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने

काठमाडौं । बन्दाबन्दीको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ । मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्री वितरण तथा...