नेपाली समय: ०२:३३:०४ अपरान्ह
वि.सं २०७७ जेठ २३   शुक्रवार

गृहको निर्देशनः काठमाडाैं भित्रिन आरडीटी परिक्षणको रिपोर्ट अनिवार्य

काठमाडाैं भित्रिने सबै नाका सिल

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ ८)
News Title

काठमाडाैं । गृह मन्त्रालयले काठमाडाैं भित्रिने सबै नाकाहरुमा प्रवेश निषेधका साथै पूर्णरुपमा सिल गर्न निर्देशन दिएको छ । 

गृहमन्त्री रामबहादुर थापा 'बादल'को अध्यक्षतामा बसेको बैठकले अत्यावश्यक प्रयोजनका बाहेक सम्पूर्ण आगमन प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

काठमाडाैं प्रवेश गर्ने जोसुकैले अबदेखि आफ्नै खर्चमा आरडीटी परिक्षण गरेर कोरोना संक्रमण नभएको प्रमाणपत्र लिएपछि मात्रै भित्रिन दिने गृहमन्त्रालयले निर्णय गरेको हो । भने, अब अत्यावश्यक काममा आउन चाहनेले समेत आरडीटी परिक्षण गरेर कोरोना संक्रमण नभएको रिपोर्टसहित काठमाडाैम आउन पाँउ भनेर माग गर्नुपर्ने भएको छ । 

यस्तै, उपत्यका प्रवेशका नाकाहरुमा स्थानीय तहहरुले होटेल, पार्टी प्यालेस तथा सामुदायिक भवनहरुलाई क्वारेन्टिन स्थल बनाउन पहल र लागत संकलन गर्ने र क्वारिन्टिनमा बस्ने व्यक्ति स्वंयले खर्च तिर्नुपर्ने जनाइएको छ । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 14.29%
  • खुसी

  • 28.57%
  • अचम्मित

  • 57.14%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा दलहरुसँग छलफल गरेर समिति सदस्य टुंगो लगाउनेगरि...

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ...

विदेशबाट उद्धार गरिएकालाई राख्न ‘होल्डिङ सेन्टर’

काठमाडौं । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् ।  विदशेबाट आएर सम्बन्धित...

प्रदेश १ बाट ३० सङ्क्रमित घर फिर्ता

विराटनगर । प्रदेश नं १ बाट ३० कोभिड–१९ सङ्क्रमित निको भइ घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ २७ र बिपी...

ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने

काठमाडौं । बन्दाबन्दीको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ । मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्री वितरण तथा...