नेपाली समय: ०२:५४:०६ अपरान्ह
वि.सं २०७७ जेठ २३   शुक्रवार

गुल्मीका कोरोना संक्रमित प्रधानाध्यापकको निधन

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ ८)
News Title

काठमाडौं । गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छ ।

भैरहवाको क्रिमसन अस्पतालमा उपचाररत ४१ वर्षीय संक्रकितको मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले क्रिमसन अस्पतालमा उपचाररत  गुल्मीका ४१ वर्षीय संक्रमितको बिहीबार बिहान मृत्यु भएको पुष्टि गरेका छन् ।

यस्तै, ५ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले समेत ती व्यक्तिको मृत्युले दुखी तुल्याएको जनाएको छ ।

मन्त्री सुदर्शन बरालले एक विज्ञप्ति जारी गर्दै ती व्यक्तिको निधनले शिक्षा क्षेत्रमा क्षति पुगेको जनाएका छन् । उनलाई बचाउन धेरै कोसिस गरिएपनि बचाउन नसकिएको भन्दै दुख व्यक्त गरेका छन् ।

काभ्रे देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका कोरोना संक्रमितको निधनको खवर यो भन्दा पहिले समेत आएको थियो तर, पछि अस्पतालले विज्ञप्ति जारी गरेर उनी जिवितै रहेको जनाएको थियो ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं ।अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको...

खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिन

काठमाडौं । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा...

रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा दलहरुसँग छलफल गरेर समिति सदस्य टुंगो लगाउनेगरि...

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ...

विदेशबाट उद्धार गरिएकालाई राख्न ‘होल्डिङ सेन्टर’

काठमाडौं । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् ।  विदशेबाट आएर सम्बन्धित...