नेपाली समय: ०३:४४:४२ अपरान्ह
वि.सं २०७७ जेठ २३   शुक्रवार

हत्या गरिएका युवकको १८ वर्षपछि  संस्कार

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ ८)
News Title

गुलरीया । द्वन्द्वका समयमा राज्य पक्षबाट हत्या गरिएका बर्दिया, राजापुर नगरपालिका– ५ श्रीपुरका ३० वर्षीय अनिलकुमार थारुको १८ वर्षपछि अन्तिम संस्कार भएको छ । पीडित परिवारले बुधबार थारु संस्कारअनुसार सद्गत गरेका हुन् । 

द्वन्द्वका समयमा हत्या भए पनि आफ्नै आँखाले शव नदेखेका कारण १८ वर्षसम्म अन्तिम संस्कार नगरिएको अनिलकी आमा लहियाले बताए ।  हत्या भएको भन्ने अरुबाट सुनेको र शव नदेखेका कारण जिउँदै छ कि भन्ने आशाले अहिलेसम्म बसिरहे पनि अब आशा मरेकाले अन्तिम संस्कार गरिएको अनिलका बुवा विक्रमबहादुरले बताए ।

अनिलकुमारलाई माओवादी कार्यकर्ता भएको भन्दै २०५९ पुस १४ गते राजापुर नगरपालिका –१० कालाबञ्जर गाउँबाट लखेट्दै आनन्दनगरमा पुर्‍याई कब्जामा लिएर गोली हानी शव सोही ठाउँमा गाडेको थियो ।  

जिल्लामा सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका केही व्यक्तिका परिवारले कानूनी समस्याका कारण पनि अन्तिम संस्कार गरेको द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरीले बताए ।  द्वन्द्वपीडितले सत्यतथ्य पत्ता लगाउन माग गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजूरी दिए पनि आयोगले समयमा काम गर्न नसक्दा अलमल भएको उनको भनाइ छ ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं ।अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको...

खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिन

काठमाडौं । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा...

रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा दलहरुसँग छलफल गरेर समिति सदस्य टुंगो लगाउनेगरि...

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ...

विदेशबाट उद्धार गरिएकालाई राख्न ‘होल्डिङ सेन्टर’

काठमाडौं । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् ।  विदशेबाट आएर सम्बन्धित...