नेपाली समय: ०१:२३:३३ बिहान
वि.सं २०७७ जेठ २५   आइतबार

अमेरिकामा गत हप्ता थप २४ लाख ३० हजार बेरोजगार

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ ९)
News Title

वासिङ्टन । अमेरिकामा गत हप्ता थप २४ लाख ३० हजार श्रमिकले बेरोजगार बनेको भन्दै आवेदन दर्ता भएका सरकारी अधिकारीले बताएका छन् ।

अमेरिकामा कोभिड–१९ को सङ्क्रमणको प्रभाव देखिएसँगै वेरोजगार दरमा निकै धेरै वृद्धि  भएको बताइएको छ । सरकारी तथ्याङ्क अनुसार मार्च महिनाको मध्यदेखि गत हप्तासम्ममा बेरोजगार हुनेको सङ्ख्या तीन करोड ८६ व्यक्ति वेरोजगार बनेका छन् ।

श्रम विभागको तथ्याङ्क अनुसार मे १६ सम्ममा वेरोजगार भत्ताका लागि नयाँ दावी सहितका आवेदनको सङ्ख्यामा अघिल्ला केही हप्ताको तुलनामा केही घटेको छ । इद्यपि अझै पनि बेरोजगार भत्ताका लागि परेका निवेदनमा उल्लेख्य कमी भने आउन सकेको छैन ।

बेरोजगार दरमा पछिल्ला केही वर्ष यताकै उच्च समस्या देखिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण धेरै राज्यहरूमा नियमित रूपमा औद्योगिक, व्यवसायिक गतिविधिमा स्वतः कमी आउँदा वेरोजगार दरमा उच्च वृद्धि देखिएको विभागले बताएको छ । 
 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

बजेटमा रुकुम पूर्वलाई उपेक्षा गरियो, मन्त्रीहरु देशको नभएर जिल्लाको जस्तो देखिनु दुखद्ः सांसद रोका

काठमाडाैं । प्रतिनिधिसभा सदस्य कमला रोकाले बजेट न्यायपूर्ण हुन नसक्दा संघीयताको भाव र मर्मलाई समेट्न नसकेको जनाएकी छन् ।  प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रोकाले मन्त्रीहरु...

रुकुम घटना जातीय नरसंहारः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र

काठमाडाैं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले रुकुम पश्चिम घटनालाई जातीय नरसंहारको संज्ञा दिएको छ ।  प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पुगेका नवराज विकसहित ६ जनाको...

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमित पुगे ३२ सय ३५

काठमाडाैं । नेपालमा आज ३२३ जना कोरोना संक्रमित थपिएका छन् ।  आज थपिएका संक्रमितमध्ये २८६ पुरुष ३७ महिला रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

कोरोनाका कारण डोल्पामा एकजनाको मृत्यु, कर्णाली प्रदेशमा ३ पुग्यो मृत्यु

डोल्पा । जिल्लाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ का एक पुरुषको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ । जगदुल्लाका ५८ वर्षीय पुरुषको कोरोनाका...

कोरोना भाइरसबाट विश्वमा करिब ४ लाखको मृत्यु, ६८ लाख ५० हजार भन्दा बढी संक्रमित

जेनेभा । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख ५१...