नेपाली समय: ०२:३५:०८ अपरान्ह
वि.सं २०७७ जेठ २३   शुक्रवार

बढे आत्महत्याका घटना

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ ९)
News Title

गलकोट । चौतर्फी कोरोना सन्त्रासबीच बागलुङमा ९ जनाले आत्महत्या गरेका छन् ।

लकडाउन शुरु भएदेखि हालसम्म जिल्ला प्रहरी कार्यालयमा २१ वटा मुद्दा परेका छन् । आत्महत्या, आत्महत्या दुरुत्साहन, अभद्र व्यवहारलगायतका घटना यो अवधिमा भएका पाइएको छ । 

सबैभन्दा धेरै झुण्डिएर आत्महत्या गरेको पाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए । उनका अनुसार, जिल्लामा करिब दुई महिनाको अवधिमा आठ झुण्डिएर आत्महत्या गरेको मुद्दा छन् । यसबाहेक विषादी सेवन गरी आत्महत्या एक र आत्महत्या दुरुत्साहनको एक मुद्दा छ । 

लकडाउनकै अवधिमा जिल्लामा चार अभद्र व्यवहारका घटनाका मुद्दा परेका छन् । यो समयमा चोरीको एउटा मात्र घटना भएको छ । नागरिक अगुवा अधिकारकर्मी राम शर्माले सामाजिक असुरक्षाका कारणले गर्दा अझै पनि मानिसले आत्महत्याको बाटो अँगाल्ने गरेको बताए । 

 प्रायजसो आत्महत्या गर्ने नागरिक अभाव र कुनै घटनाले गर्दा आत्महत्या गर्ने गरेका भन्दै अवैध सम्बन्ध, सम्बन्ध बिच्छेद पनि आत्महत्याका मुख्य कारण भएका हुनसक्ने प्रहरीको बुझाइ छ । यस्ता खालका सामाजिक आपराधिक घटना न्यूनीकरण गर्नका निम्ति जनचेतना अझै पनि आवश्यक रहेको प्रहरी निरीक्षक केसी बताउछन ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा दलहरुसँग छलफल गरेर समिति सदस्य टुंगो लगाउनेगरि...

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ...

विदेशबाट उद्धार गरिएकालाई राख्न ‘होल्डिङ सेन्टर’

काठमाडौं । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् ।  विदशेबाट आएर सम्बन्धित...

प्रदेश १ बाट ३० सङ्क्रमित घर फिर्ता

विराटनगर । प्रदेश नं १ बाट ३० कोभिड–१९ सङ्क्रमित निको भइ घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ २७ र बिपी...

ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने

काठमाडौं । बन्दाबन्दीको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ । मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्री वितरण तथा...