नेपाली समय: ०१:४८:३५ बिहान
वि.सं २०७७ जेठ २५   आइतबार

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या १ लाख १८ हजार नाघ्यो

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ ९)
News Title

नयाँ दिल्ली । भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १८ हजार  ४४७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  शुक्रबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ५८३ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ४८ हजार ५३३ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।  हाल भारतमा ६६ हजार ३३० जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ४१ हजार ६४२ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १३ हजार ९६७ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन्  । गुजरातमा १२ हजार ९०५ संक्रमति रहेका छन्  । दिल्लीमा ११ हजार ६५९ जना कोरोना संक्रमित रहेका छन् ।

राजस्थानमा ६ हजार २२७ कोरोना भाइरस संक्रमण रहेको छ भने ३ हजार ४८५ निको भएका छन् । यस संक्रमणको कारणको १५१ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा ५ हजार ९८१ कोरोना भाइरस संक्रमण रहेको छ भने, २ हजार ८४३ निको भएका छन् । यस संक्रमणको कारणको २७० जनाको मृत्यु भएको छ ।

 उत्तर प्रदेशमा ५ हजार ५१५ कोभिड –१९ को संक्रमण रहेका छ र केरलामा ६९० जनमा संक्रमण देखिएको छ । लदाखमा ४४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जम्मु र काश्मिरमा १ हजार ४४९ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ । 

भारतमा करिब दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ ।  कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ  ।  कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो । 

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ ।  भारतमा पहिलो चरणको लकडाउन  गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो ।  तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो । 

 भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन  समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको छ । प्रधान मन्त्री नरेन्द्र मोदी थप योजनासहित चौथो चरणको लकडाउन शुरु भएको बताउनु भएको छ । चौथो चरणको लकडाउन आगामी मे ३१ सम्म लागू हुने बताइएको छ । 

विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही  खुकुलो गरिएको छ । 
 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

बजेटमा रुकुम पूर्वलाई उपेक्षा गरियो, मन्त्रीहरु देशको नभएर जिल्लाको जस्तो देखिनु दुखद्ः सांसद रोका

काठमाडाैं । प्रतिनिधिसभा सदस्य कमला रोकाले बजेट न्यायपूर्ण हुन नसक्दा संघीयताको भाव र मर्मलाई समेट्न नसकेको जनाएकी छन् ।  प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रोकाले मन्त्रीहरु...

रुकुम घटना जातीय नरसंहारः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र

काठमाडाैं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले रुकुम पश्चिम घटनालाई जातीय नरसंहारको संज्ञा दिएको छ ।  प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पुगेका नवराज विकसहित ६ जनाको...

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमित पुगे ३२ सय ३५

काठमाडाैं । नेपालमा आज ३२३ जना कोरोना संक्रमित थपिएका छन् ।  आज थपिएका संक्रमितमध्ये २८६ पुरुष ३७ महिला रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

कोरोनाका कारण डोल्पामा एकजनाको मृत्यु, कर्णाली प्रदेशमा ३ पुग्यो मृत्यु

डोल्पा । जिल्लाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ का एक पुरुषको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ । जगदुल्लाका ५८ वर्षीय पुरुषको कोरोनाका...

कोरोना भाइरसबाट विश्वमा करिब ४ लाखको मृत्यु, ६८ लाख ५० हजार भन्दा बढी संक्रमित

जेनेभा । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख ५१...